समाज

भित्र्याउने बेलामा पनि पसाएन गरिमा जातको धान
SHARES

कात्तिक ९, २०७६

    बर्दिया : गरिमा जातको धान नपसाएपछि किसानहरु मर्कामा परेका छन्। बर्दियाका ठाकुरबाबा, मधुवन, राजापुर, गुलरियालगायतका पालिकाहरुमा लगाइएके गरिमा जातको धान भित्र्याउने बेलामा पनि नपसाएपछि किसानहरु मर्कामा परेका हुन्।

    धान नपसाएपछि प्राविधिकहरु खेतहरुमै पुगेर प्रारम्भिक लगत संकलन गर्न थालेका छन्। ठाकुरबाबा नगरपालिकामा करिब ६० बिघामा गरिमा जातको धान लगाइएको थियो। गरिमा धान भारतबाट आयातित हाईब्रिड जात हो। २०७२ सालमा नेपाल सरकारले यस धानलाई पञ्जीकरण गरेको थियो। विगतका वर्षहरुमा यो धान राम्रो उत्पादन हुँदै आएको थियो। तर, यस वर्ष गरिमा जातको धान भन्दै अर्कै धान दिएर बदमासी गरेको हुन सक्ने आशंका गरिएको छ।

    यस्तै, धान खेतमा अहिले फौजी किराको समेत प्रकोप देखिएको छ। यसअघि ठाकुरबाबा नगरपालिकामा यस किराको प्रकोप नफैलिए पनि पछिल्लो समय प्रकोप अत्याधिक देखिएको छ। ढिलो पाक्ने धानमा यो किराले क्षति पु¥याएको किसानको गुनासो छ। किरा दिउँसो र रातिमा क्षति पु¥याउने गरेको छ। किराको प्रकोपबाट बच्न धानको दाना अलिअलि पहेंलो भएपछि काटिहाल्न कृषि ज्ञान केन्द्र बाँकेले आग्रह गरेको छ।

    धान सुपरजोन क्षेत्र राजापुरमा १६ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ। यहाँ बर्सेनि ६३ हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको थियो। तर, यस वर्ष धान नफलेपछि २ दशमलब ०३ प्रतिशत उत्पादन घट्ने अनुमान जोन कार्यालयको छ। भित्र्याउने बेलामा धान नपसाएपछि किसानसँगै सुपरजोन क्षेत्रमा चुनौती थपिएको छ। 

    राजापुरमा लगाइएको धानमा समस्या देखिएपछि प्रदेश ५ का कृषिमन्त्री आरती पौडेल, जिल्लाका प्रदेश सांसद, कृषि वैज्ञानिकलगायत सरोकारवालाको टोलीले धान लगाइएको क्षेत्रमा अवलोकन तथा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]