समाज

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ
SHARES

कात्तिक ९, २०७६

    बर्दिया : आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ। बर्दियाको बाँसगढी नगरपालिका ६ निवासी ५० वर्षीया दिलमाया दरैलाई श्रीमान हत्याको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

    बाँसगढी नगरपालिका ६ का ५२ वर्षीय समला दरैलाई उनकै श्रीमती दिलमाया दरैले मारेर परार भएकी थिइन्। श्रीमानलाई मारेर फरार रहेको टेलिफोनमार्फत प्रहरीलाई सूचना प्राप्त भएपछि तत्काल प्रहरी टोली परिचालन गरिएको थियो। 

    फरार रहेकी दरैलाई बाँके जिल्ला खजुरा गाउँपालिका ७ स्थित गुनाना भन्ने स्थानमा फेला पारेको बर्दियाका प्रहरी निरीक्षक राजेसनाथ बास्तोलाले जानकारी दिए। प्रहरीको उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मोतीपुर बर्दियामा ल्याई कर्तब्य ज्यानमुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको एसपी बास्तोलाले बताए।

    बिहीबार बेलुका श्रीमान श्रीमतीबीच झगडा भएको खुल्न आएको छ। महिलाले दिएको बयानअनुसार श्रीमान अत्याधिक मदिरा पिउने बानी भएका कारण मुङ्ग्रोले हिर्काएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]