राजनीति

धरानमा उपनिर्वाचन : नेकपाले मेयरको उम्मेद्‍वार तोक्नै सकेन
SHARES

मेयरका आकांक्षीको संख्या १२ जना भन्दा धेरै

कात्तिक १३, २०७६

    धरान : धरान उपमहानगरपालिकाको रिक्त मेयर पदमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाले उम्मेद्‍वार चयन गर्न सकेको छैन। उम्मेद्‍वार चयनका लागि नेकपा नगरकमिटी सचिवालयको  बुधबार दिउँसो डाकिएको सचिवालय बैठक बस्दै नबसी स्थगित भएको छ। 

    सचिवालय बैठकले एकल सिफारिस हुनेगरि निर्णय गर्ने भनिएको थियो। अन्य सबै दलले उम्मेद्वारको टुङ्गो लगाउँदा सत्तारुढ नेकपा अझै अनिर्णित भएको हो।

    नेकपाको केन्द्रीय कमिटीले कात्तिक १० भित्र उम्मेद्वारको नाम सिफारिस गर्न भनेको छ। तर आकांक्षीहरु धेरै भएकाले धरानमा टुंगो लाग्न नसकेको हो।

    'एकजनालाई सर्वसम्मत गराउने तयारी छ,' नेकपा धरानका अध्यक्ष नारायण सुवेदीले भने, 'सचिवालयले टुङ्ग्याए पनि पुरा कमिटीबाट अनुमोदन गराउनु पर्ने भएकाले अहिलेलाई स्थगित भएको हो।'

    धरानको मेयरका आकांक्षीमा नगर अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म झण्डै १२ जना छन्। केन्द्रीय सदस्य किरण राई, प्रदेश सदस्य विजय राई, रमेश बस्नेत, मनोजकुमार मेयाङ्म्बो, मुकेश मेयाङ्म्बो, आइन्द्रविक्रम बेगा, जिल्ला सदस्यहरु प्रकाश राई, पदम इस्बो (लिम्बू), तीर्थ मास्के, चोत्लुङ, अशोक राई, नगर अध्यक्ष नारायण सुवेदी र मजदुर नेता मोतिराज सुनुवार आकांक्षी देखिएका छन्। 

    धरान उपमहानगरमा मेयर र वाड नं. ७ को अध्यक्षका लागि निर्वाचन हुँदैछ। वडाअध्यक्ष भुवन मुक्तान र मेयर तारा सुब्वाको गत वर्ष निधन भएपछि दुवै पद खाली भएको हो ।

कृष्ण बहाब भट्टराई

भट्टराई थाहाखबरका सुनसरी संवाददाता हुन् । इमेल : bahab9817@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]