समाज

जिल्लामै पहिलो अनाथ छात्राबास सञ्चालन
SHARES

कात्तिक १५, २०७६

    सोलुखुम्बु : जिल्लामै पहिलोपटक अनाथ छात्राबासको शाखा स्थापना गरिएको छ। सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पुमा केटाकेटी एमिनेयर नामक गैरसरकारी संस्थाले भवन निर्माण गरि असाय बालबाललिका आमा केन्द्र सञ्चालन गरेको हो।

    उक्त केन्द्रको बुधबार एक कार्यक्रमका बीच उद्घाटनसमेत गरिएको छ। करिब रु. २ करोडको लागतमा भवन निर्माण गरी उक्त अनाथ असाय बालबालिका आमा केन्द्र सञ्चालनमा ल्याईएको एभिनेयरका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिए। उक्त भवनमा ५० जना बालबालिका अटाउन सक्ने क्षमता रहेको छ।

    ग्रामीण क्षेत्रमा स्थापना भएका यस्ता केन्द्रले कयौ असाय बालबालिकाको भविष्य उज्वल हुने योङ्ग स्टार क्लबका अध्यक्ष बुद्धिनारण श्रेष्ठले बताए। उनले भने, 'हाल सम्म कुनै पनि निकायबाट यो काम हुन नसकेको अवस्थामा गैह्रसरकारी संस्थाले गर्नु जिल्लाको हकमा ठूलो उपलब्धि हो।'

    ट्रेकिङ व्यवसायमा रहँदा सोलुखुम्बुका ङवाङ दोर्जी शेर्पाले वि.स २०५५ सालमा काठमान्डौमा सञ्चालन गर्ने अनाथलय स्थापना गरेका थिए। सोही अनाथालय शाखाको रुपमा सोलुखुम्बु ल्याईएको शेर्पाको भनाई छ। अहिले केन्द्रमा ४५ जना बालबालिका आश्रित छन्।

    ती बालबालिकालाई केटाकेटी एभिनेयर नामक संस्थाले सम्पूर्ण व्यवस्थापनको काम गरिरहेको संस्थाका अध्यक्ष पासाङ शेर्पाले बताए। 'आफू पनि अनाथ भएकाले नै अनाथ बालबालिकाको क्षेत्रमा काम गरिरहेको छु।' शेर्पाले भने, 'यसरी काम गर्न पाउँदा सन्तुष्ट छु।'

     सोलुखुम्बु, हुम्ला, मुगु, रामेछाप, पर्वत, दाङ, दार्चुला, काठमाण्डौलगायत जिल्लाका करिब २५ जना बालबालिकाले अनाथलयबाटै एसएलसी उत्तीर्ण गरी उच्च शिक्षासमेत लिइरहेका छन्। सोलुदुधकुण्ड नगरपालिका उपमेयर कल्पना राईले सरकारले सञ्चालन गर्नुपर्ने ठाउँमा गैरसरकारी संस्थाको सहयोगमा व्यक्तिले सञ्चालन गर्नु गर्वको विषय भएको बताइन्।

    उनले भौतिक पूर्वाधारमा हरेक स्थानीय सरकारको ध्यान गए पनि यस्ता क्षेत्रमा ध्यान नगएको स्वीकार गर्दै, नगरपालिकासहित जिल्लाका थुप्रै अनाथ बालबालिकाले साहारा पाउने कुरामा आफू विश्वस्त रहेको बताए।

    शाखाको उद्घाटन गर्न आएका सेलो गुम्बा सल्लेरीका प्रमुख लामा टुल्कु पेमा थोर्छेन् रेन्पोर्छले अनाथ बालबालिकाको हितमा काम गर्नु नै सबैभन्दा ठूलो पुन्य हुने बताए। धार्मिक हिसाबले पनि सेवा गर्नुनै धर्म हुने भएकाले यहाँ सेवा संगै धर्मसमेत हुने बताए। अनाथ बालबालिकाको लागि जिल्लामै यो पहिलो छात्रबास हो। जिल्ला सदरमुकाममा दलित छात्रबास भए पनि अन्य कुनै पनि छात्रबास छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]