मनोरञ्जन

नाचघरमा नेपाल-अफ्रिका फिल्म फेस्टिबल सुरू
SHARES

कात्तिक १६, २०७६

    काठमाडौं : तीनदिने ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ १६ कात्तिक शनिबारबाट काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सुरु भएको छ। यो महोत्सव १८ गतेसम्म बिहान ११ बजेबाट साँझ ६ बजेसम्म नाचघर मै चल्ने छ।

    महोत्सवको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शनिबार उद्घाटन गरे। विगत ८ वर्षदेखि आयोजना हुँदै आएको यो महोत्सवले नेपाल र अफ्रिकाको सिनेमा संस्कृति आदन प्रदानमा ठूलो योगदान पुर्‍याउँदै आएको मन्त्री पोखरेलले बताए। अफ्रिकालाई नेपालसँग जोड्ने पुलको रुपमा यो महोत्सव विकशित हुँदै आएको पनि मन्त्री पाखेरेलले कार्यक्रममा बताए।

    हामीले नेपाली मौलिक सिनेमा र संस्कृतिलाई प्रोत्साहन गर्नैपर्ने सुझाव मन्त्रीले कार्यक्रममा दिए। चाँडै नयाँ शिक्षा नीति आउने जानकारी गराउँदै अबको शिक्षा नीतिले शिक्षामा देखिएका पुराना धेरै समस्यालाई हल गर्ने पनि मन्त्री पोखरेलले जानकारी गराए। 

    आयोजक संस्था कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन (सिजेएमसी) की अध्यक्ष एवं महोत्सव अध्यक्ष डा.मञ्जु मिश्रले आफूहरूले आम सञ्चारसम्बन्धी शिक्षा सेवा दिनुका साथै नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन र सिनेमा संस्कृति आदन प्रदानको लागि नेपाल अफ्रिका फिल्म महोत्सव आयोजना गर्दै आएको बताइन्। उनले आमसञ्चारसम्बन्धी विश्व विद्यालय स्थापनाका लागि मन्त्री पोखरेलसँग आह्वान पनि गरिन्।

    यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले उद्घाटन समारोहलाई सम्बोधन गर्दै बोर्डले महोत्सव आयोजना गर्न नसकेको बेला सिजेएमसीजस्ता संस्थाबाट यस्तो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुनु सुखद कुरा भएको बताए। चाँडै राष्ट्रिय चलचित्र ऐन आउने र ऐनबाट चलचित्रको विकाशमा टेवा पुग्ने भनाई राखे।

    सांस्कृतिक संस्थानका निमित्त महाप्रबन्धक प्रभाकरदेव शर्माले यस्ता महोत्सवबाट चलचित्रकर्मीले कसरी राम्रा सिनेमा बनाउने भन्ने जानकारी पाउने बताए। उनले नेपालका लोक नृत्यलाई सांस्कृति संस्थानले स्कुल स्कुलमा पुराउने भएकाले त्यो वातावरण बनाई दिन शिक्षा मन्त्रीसँग अनुरोध गरे।

    यस्तै नेपालका लागि इजिप्टकी राजदूत इम्यान मोस्ताफा, रुवान्डाका फिल्म फेस्टिबल निर्देशक तथा फिल्म निर्देशक हाकिजमाना पाईर्री, अल्जेरिया फ्रान्सका फिल्म निर्देशक तथा फिल्म फेस्टिबल आयोजक फरिद असद, चिनियाँ चलचित्र निर्देशक डा. योङलगायतले पनि नेपाल आएर महोत्सवमा सहभागी हुन पाउँदा खुसी लागेको बताए।

    महोत्सव निर्देशक डब्बु क्षत्रीले यसपटक अफ्रिकाको नाइजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्टी,नर्वे,जर्मनी, बेलायत र नेपालसहित १२ देशका २५ ओटा फिल्म रहेको बताए।

    शनिबारबाट सुरु भएको यो महोत्सव सोमबारसम्म चल्ने र महोत्सवमा प्रवेश निशुल्क गरिएको पनि क्षत्रीले जानकारी दिए। महोत्सवको उद्घाटन समारोहमा सांस्कृतिक संस्थानका विभिन्न कलाकारले विभिन्न नेपाली लोकनृत्य प्रस्तुत गरेका थिए।

    महोत्सवमा शनिबार नाइजेरियाको इनभेन्सन १८९७, नेपालको सुमा सापकोटा निर्देशित पाखुरे, सृजना तावेवुङ निर्देशित देवकी, नेपाल पर्यटन बोर्डको नेपाल ल्यान्ड अफ डाइभर्सिटी, केन्याको न्यु मुन र घानाको द बुरिएल अफ कोजो फिल्म प्रदर्शन गरियो। बाँकी १९ वटा फिल्म आइतबार र सोमबार प्रदर्शन गरिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]