समाज

विप्लव समूहका एक कार्यकर्ता पक्राउ
SHARES

कात्तिक १६, २०७६

    सोलुखुम्बु : प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन्। सोलुखुम्बु प्रहरीले जिल्लाको सोताङ गाउँपालिका १ पावै बाट समूहका कार्यकर्ता पक्राउ गरेको हो।

    महाकुलुङ गाउँपालिका १ बुङका ३७ वर्षीय ङिमा शेर्पालाई शुक्रबार दिउँसो तीन बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए।

    पूर्व माओवादी लडाकु समेत रहेका शेर्पाले यस अघि विभिन्न व्यक्ति तथा जनप्रतिनिधिसँग चन्दा समेत मागेको आरोप लागेको छ। उनको साथबाट पेस्तोलमा लाग्ने ५ थान गोली, मोबाइल २ थान र ८ वटा सिमकार्ड फेला परेको प्रहरीले जनाएको छ।

    पक्राउ परेका शेर्पाको विषयमा प्रहरीले शनिबार पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]