राजनीति

विप्लव समूहका पूर्वनेता गुणराज लोहनी धरौटीमा रिहा
SHARES

कात्तिक १७, २०७६

    चितवन : प्रहरीले पक्राउ गरी हिरासतमा हालिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पूर्वनेता गुणराज लोहनी धरौटीमा छुटेका छन्। 

    लोहनी ५ हजार धरौटी बुझाएर सामान्य तारेखमा आइतवार छुटेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिकराम पौडेलले बताए । 

    उनी कात्तिक ५ गते भरतपुर महानगरपालिका–११ बसेनीस्थित घरबाटै पक्राउ परेका थिए । पक्राउ पर्नुअघि लोहनी विप्लव नेकपाको केन्द्रीय सदस्यबाट हटेर घरमै बस्दै आएका थिए ।

    उनले प्रहरीलाई आफू पार्टीको कुनै जिम्मेवारीमा नरहेको बयान दिएका थिए। लामो समयदेखि बिरामी लोहनी १३ दिन हिरासतमा बसेर छुटेका हुन्।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]