विश्व

बेलायतमा ३९ जनाको शव भेटिएको प्रकरण : भियतनाममा ८ जना पक्राउ

कात्तिक १८, २०७६

    बेलायतमा ३९ जनाको शव भेटिएको घटनाका बारेमा अनुसन्धान गर्न भियतनामी प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

    मारिएका सबै जना भियतनामी भएको बेलायती प्रहरीले विश्वास गरिरहेका बेला भियतनामी प्रहरीले घटनासँग सम्बन्धित भएको आशंकामा ती आठ जनालाई पक्राउ गरेको हो। बेलायतको राजधानी लण्डनदेखि पूर्वतिर पर्ने ग्रेज एसेक्समा औद्योगिक क्षेत्रमा फ्रिजयुक्त कन्टेनरभित्र ती ३९ शव फेला परेको थियो।

    गत अक्टोबर २३ मा भेटिएका शवमध्ये ३१ पुरुष र आठ महिलाको रहेको अधिकारीहरूले जनाएका छन्। मृत्युको कारण पत्ता लगाउन शव परीक्षण भइरहेको जनाइएको छ। शुरुमा उनीहरू चिनियाँ भएको विश्वास गरिएको बेलायती प्रहरीले पछि भने भियतनामी भएको विश्वास व्यक्त गरेको छ।

    तर उनीहरूको अनुसन्धान भइरहेकाले घटनाको यथार्थ विवरण र मृतकहरूको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।  भियतनामको राज्यद्वारा सञ्चालित टेलिभिजनसँगको कुराकानीका क्रममा भियतनामी एक प्रहरी अधिकारीले घटना निकै पिडादायक भएको सोमबार बताए। भियतनामी समाचार संस्थाले पनि उनीहरू पक्राउ परेको पुष्टी सहितको समाचार सम्प्रेषण गरेको छ।

    यसअघि शवहरू फेला परेपछि उत्तरी आयरल्याण्डका ट्रक चालक मोरिस रबिन्सनलाई पनि बेलायती प्रहरीले पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]