समाज

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
SHARES

कात्तिक २३, २०७६

    चितवन : मोटरसाइकल दुर्घटना हुँदा चितवनमा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तनहुँको व्यास नगरपालिका–१४ का २४ वर्षीय बुद्ध पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    रामनगरबाट जुगेडीतर्फ गइरहेको ग १४ प ७१६८ नम्बरको मोटरसाइकल नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर २९ भतेरीमा अनियन्त्रित भई पल्टिँदा चालक पन्त गम्भीर घाइते भएका थिए। उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो।

    दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार व्यास नगरपालिका–१३ का २५ वर्षीय सुरेश हर्ख घाइते भएका छन्। गम्भीर घाइते उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]