राजनीति

मिचिएको भूमि कुनै हालतमा फिर्ता गर्छौं :  मन्त्री ज्ञवाली

नेपाली जनताको चित्त दुखाएर छिमेकीसँग मित्रता कायम रहँदैन

कात्तिक ३०, २०७६

    पाल्पा :  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली जनताको चित्त दुखाएर छिमेकीसँग मित्रता कायम रहन नसक्ने बताएका छन्। नेपाली जनताको भावनालाई बुझेर सरकारले छिमेकी मुलुसँगको मित्रतालाई अगाडि बढाउने उनले बताए। महाकवि नीलकण्ठ न्यौपानेद्वारा लिखित श्रम–साधना महाकाव्यको शनिबार तानसेनमा लोकार्पण गर्दै उनले यस्तो बताएका हुन्।

    'छिमेकी मित्रले बुझ्न जरुरी छ' मन्त्री ज्ञवालीले भने, 'मित्रताको नाममा अधिकारलाई छाड्न सकिँदैन। मित्रता र अधिकार सँगसँगै अगाडि बढ्छ। नेपालको एक इन्च भूमि नछोड्ने उनले बताए। भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो भएको उल्लेख गरेकोप्रति उनले भने, 'यी भूभाग नेपालका हुन्। फिर्ता भएरै छाड्छ। यसको लागि कूटनीतिक पहल भइरहेको छ।'

    ०१५ सालमा त्यही ठाउँमा चुनाव भएको, त्यहाँका जनताले भोट हालेको, ०१८ सालमा गणना भएको, त्यहाँका मान्छेले नाम लेखाएको र  १९९७ सालमा बैतडी गौडामा आएर तिरो तिरेका रसिदहरु हामीसँग सुरक्षित छन्। सीमा दाबीका लागि हामीहरूलाई योभन्दा ठूलो प्रमाण अरू नचाहिने मन्त्री ज्ञवालीको भनाइ छ।

    मिचिएको भूमि फिर्ता गराएरै छाड्छौँ

    'यो सरकारप्रति विश्वस्त रहनुस्' उनले भने, 'कुनै अन्यथा हुन्छ कि, यो मुद्दा सरकारले बीचमै छोड्छकी, विस्तारै सेलाउँदै जान्छ कि भनेर चिन्ता नगर्नुस्। सरकारको पहिलो काम भूमि र त्यहाँको रक्षा गर्ने हो। यी दुईवटा काम पूरा गर्न सरकार प्रतिवद्ध छ।'

    हिजो नेपाली जनता राष्ट्रियताको नाममा लडे पनि सरकारले दह्रो गरी कुरा राख्न र बोल्न नसक्ने गरेको उनको उनको भनाइ थियो। तर, आजको सरकार जनताका भावना बोक्ने सरकार भएको उनको दाबी छ।

    जनताको भावना र सरकारको सोंचको बीचमा कहीँकतै अन्तर नभएको पनि मन्त्री ज्ञवालीको भनाइ छ। नाकाबन्दीका बेला अलग अलग भएका दलहरू अहिले एकस्वर भएर बोल्‍नु नै सबैभन्दा ठूलो ऊर्जा भएको उनकव भनाइ छ। यो सम्पूर्ण ऊर्जाले मिचिएको भूमि फिर्ता गराएरै छाड्ने उनको विश्वास छ।

    मन्त्री ज्ञवालीले नेपाली सीमा सुगौली सन्धीले निर्धारण गरेको इतिहाससमेत दोहोर्‍याए। उनले भने, 'सुगौली सन्धिले भनेको पूर्वमा मेची पश्चिममा महाकाली हाम्रो सीमा हो। त्योभन्दा बढी हामीले  केही खोजेका छैनौँ,' उनले थपे, 'सुगौली सन्धिले निर्दिष्ट गरेको भूमि हामी रक्षा गरेरै छाड्छौं।'

मिलन विश्‍वकर्मा

 विश्‍वकर्मा थाहा खबरका पाल्पा समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]