समाज

दिवा खाजाले बढायो विद्यार्थी

शैक्षिक गुणस्तरमा समेत सुधार

कात्तिक ३०, २०७६

    बर्दिया : ठाकुरबाबा नगरपालिकाको २ मा रहेको एक विद्यालय केही समयअघि विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुग्यो। कक्षा पाँचसम्म पढाइ संचालन गर्दै आएको ज्ञानोदय प्राथमिक विद्यालयय विद्यार्थी घटेपछि बन्द हुने अवस्थामा पुग्यो।

    गाउँको विद्यालय, पढाइ पनि राम्रो नहुने भएपछि विद्यार्थी अन्य स्कुलमा पढ्न गए। विद्यालय झण्डै खाली जस्तै बन्यो। गाउँको एक मात्र विद्यालय त्यो पनि बन्द अवस्थामा पुगेपछि अन्य स्कुलमा मर्ज गर्ने कि भन्‍ने विषयमा छलफल पनि चल्यो।

    तर, यस क्षेत्रका श्रोतव्यक्ति, स्थानीय सरकार तथा अभिभावकले त्यसतर्फ केही चासो दिएपछि विद्यालय मर्ज भने भएन्। विद्यालयमा कार्यरत शिक्षक, शिक्षिकालाई अन्यत्र सरुवा गरियो। अन्य शिक्षक शिक्षिकालाई त्यहाँ पठाइयो।

    विद्यालयको भौतिक अवस्थामा समेत सुधार गरियो। नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेर विद्यालयको पढाइको गुणस्तरमा समेत सुधार गरेपछि अहिले विद्यालयको अवस्थामा सुधार आएको छ।

    यस्तै, विद्यालयले अहिले कक्षा चारसम्म पठनपाठन संचालन गर्दै आएको छ। सबै कक्षाका विद्यार्थीलाई खाजाको व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक मन्जु ढकालले बताइन्। विद्यालयमा आफैँले तयार गरेका पोषणयुक्त खानेकुराहरू खुवाउँदै आइएको उनको भनाइ छ।

    यस्तै, विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाले पनि बालबालिकाको पढाइमा विशेष निगरानी बढाउँदै आएका छन्। 'हरेक शिक्षक, शिक्षिका समयमै कक्षामा प्रवेश गर्ने गरेका छन्’ विद्यालयका प्रधानाध्यापक ढकालले भनिन् 'शिक्षकहरुले बालबालीकाहरुका हरेक क्रियाकलापहरु निगरानि गरिरहेका छन्।'

    विद्यालयको भौतिक अवस्थामा सुधार, पढाइको गुणस्तरमा वृद्धि अनि दिवा खाजाका कारण नै विद्यार्थीको संख्या बढ्न थालेको उनले बताइन्। कक्षा पाँचसम्म संचालित विद्यालयको पढाइमा गुणस्तर खस्किँदा  तीनसम्म सीमित रह्यो। अहिले कक्षा चारसम्म पठनपाठन हुँदै आएको छ। अझ कक्षा थपेर पाँचसम्म पुर्‍याउने विद्यालयले तयारी गरिरहेको छ।

    अहिले विद्यालयमा झण्डै १०० जना विद्यार्थी रहेका छन्। गाईभैँसीको गोठको रूपमा परिणत भइसकेको विद्यालय अहिले वडा कार्यालयको आर्थिक सहयोगमा भौतिक अवस्थामा सुधार, तारबार, तथा रङरोगन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु बहादुर शाहीले बताइन्। विद्यालयमा कक्षा थप गर्नका लागि भवन आवश्यक रहेको उनले बताए। थप एउटा भवन भएमा विद्यालयमा आउदो वर्ष कक्षा पाँचसम्म पठनपाठन संचालन गर्न सकिने उनले बताए।

    विद्यालयकी प्रधानाध्यापक ढकालले बालबालिकको हेरचाहले नै शुन्दर भविष्य निर्माणमा टेवा पुग्ने बताइन्। बालबालिकाको विकासमा खासै महत्व नदिइने हुनले भविष्यमा बालबालिकामा विभिन्न प्रकारका जटिल समस्याहरू उत्पन्न हुने हुँदा त्यसलाई ख्याल गरेर विद्यालयमा सुधार गरेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]