स्वास्थ्य

डडेल्धुराका दुर्गम ठाउँमा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’

मंसिर १, २०७६

    डडेल्धुरा : डडेल्धुराका दुर्गमका स्थानीय तहहरूमा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सुरु भएको छ। शुक्रबारदेखि परशुराम नगरपालिका–७ साँदनी स्वास्थ्य चौकीबाट कार्यक्रमको सुरुवात भएको हो।

    एक स्थानीय तहमा दुई दिन हुने कार्यक्रममा चिकित्सकहरूले विभिन्न सेवा दिइरहेको आयोजक स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ। सोही ठाउँमा शनिबार पनि कार्यक्रम सम्पन्न भएको छ।

    गाउँघरमा चिकित्सक कार्यक्रमबाट दुई दिनमा ३ सय ९९ महिला र १४७ पुरुषले सेवा पाएको स्वास्थ्य कायालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताए। शिविर जस्तै मोडेलमा सञ्चालित कार्यक्रममा भिडियो एक्स-रे, प्रजनन् स्वास्थ्य सेवा, पाठेघर चेकजाँच तथा उपचार, यौनजन्य रोग उपचार तथा परामर्श, प्रयोगशाला सेवा, दन्त सेवा तथा निः शुल्क औषधी वितरण समेत रहेको स्वास्थ्य कार्यालय, डडेल्धुराका भेक्टरकन्ट्रोलर सुपरभाइजर हरिप्रसाद भट्टले जानकारी दिए।

    परशुराम नगरपालिकामा सञ्चालित कार्यक्रम परशुराम नगरपालिका तथा नगरपालिकाको स्वास्थ्य शाखाको समन्वय रहेको साँदनी स्वास्थ्य चौकीका प्रमुख जयबहादुर धामीले बताए। आइतबार आलिताल गाउँपालिकाको आलिताल स्वास्थ्य चौकीमा गाउँघरमा चिकित्सक कार्यक्रम आयोजना भएको थियो। उक्त कार्यक्रममा १३७ जानले सेवा लिएका छन्।

    आलिताल स्वास्थ्य चौकीमा सोमबार पनि यो कार्यक्रम जारी रहनेछ। जिल्ला सदरमुकामको स्वास्थ्य सेवा गाँउघरमै लिन पाएपछि सेवाग्राही खुसी भएका छन्।

    अछाम अस्पतालका मेसु डा. मनोज बिष्ट, जोगबुडा अस्पतालका डा.किसन घिमिरे, स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुखसहित कार्यालयको टिमले सेवा दिइरहेको भेक्टर कन्ट्रोलर सुपरभाइजर भट्टले बताए। डडेल्धुरामा डाक्टरको अभाव भएपछि अछामका डाक्टर ल्याइएको हो। सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सहयोगमा जिल्लाको दुर्गम स्वास्थ्य संस्थामा गाउँघरमा चिकित्सक कार्यक्रम सञ्चालन हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]