विचार

फेसबुक नकारात्मकताको पर्याय बने बन्द हुनसक्छ

मंसिर १२, २०७६

    पश्चिमबाट सिक्ने कुरामा हामी निकै अघि छौं। राम्रो नराम्रो जे भेट्यो थालिहाल्यो सिक्न। राम्रो नराम्रो खुट्याउने तिर हाम्रो ध्यान जाँदैन। आमरुपमा भन्दा पश्चिमको सप्लाई हामीलाई त्यति फाप्दैन। अहिले म त्यही फाप्न नसकेको फेसबुकका बारे दुई चार कुरा गर्न चाहन्छु।

    कुनै पनि प्रविधिसँग मैत्रीपूर्ण हुनु नराम्रो होइन। तर त्यसको दुरुपयोग भयो भने परिणम ठिक्क उल्टो हुन्छ। जनताको बहुसंख्याले फेसबुकका यी दुबै पाटा बुझेर काम गरे त्यसको सदुपयोग हुन्छ। यस्तो भएन प्रत्येक मानिस तनाबग्रस्त हुने कुरो पनि सुनिश्चित छ।

    मलाई लाग्छ यो सत्य बहुसंख्यकलाई थाहा छ। त्यसैले उनीहरु आफ्नो ‘वाल’ मा गुनासो गर्छन्, साथीको संख्या कटौति गर्दछन्। तर त्यतिबेलासम्म फेसबुक ‘मापसे’ भैसकेको हुन्छ। व्यक्तिका लाथि छोडनै नसकिने लत।

    मृत्युका बारेमा त फेसबुकवालाहरू हदै गर्छन्। मृत्यु त्यस्तो अतिरन्जित गर्नुपर्ने विषय होइन। यो एउटा स्वाभाविक प्रकृया हो। तर दुईपटक म आफैँ आर्यघाट पुगेको छु, श्रद्धान्जली दिन। मृतकको चालचूल छैन। दुवैजनालाई अस्पतालमै मारेर हतार हतार फेसवुकमा श्रद्धाञ्‍जलि दिइएको रहेछ। धन्न एकजना साथी चार दिनपछि मरिदिनुभएर फेसबुके साथीको इज्जत राखिदिनुभएछ।

    शुरुमा म अत्यन्त धेरै उत्सहित थिएँ। आफू पनि पोष्ट गर्थें, सबै प्रश्नको उत्तर पनि दिन्थें। मलाई पनि फेसबुक ‘मापसे’ भएछ। मेरो लेखपढको समय फेसबुकले खाइदिन थालेछ। अब टाइम टेबल बनाउँछु भन्ने लाग्यो। आधा घण्टा फेसबुकलाई दिने निर्णय गरें।

    केको मान्थ्यो आधा घण्टाले। महिना दिनसम्म कोशिस गरें। अहँ पार लागेन। त्यसपछि मैले पनि अरुले जस्तै कविता, गीतहरु मात्र होइन, कथा पनि फेसबुकमा हाल्न थालेँ। यसपालि चाहिँ अलि राहत पाएजस्तो भयो। एकातिर मेरो सिर्जनशील लेखन पनि चल्यो अर्कातिर फेसबुके समाचार पनि पढ्न पाइने।

    ‘तपाईं पनि जे पायो शेयर गर्नु हुन्छ? यो तस्विर नेपालको हुँदै होइन’ भनेर गाली गरेपछि मेरा नौनारी गले। ‘रामेछाप र ओखलढुंगा बीचको फराकिलो कोशी किनारमा राम्रो धान खेती गरिएको’ भन्ने फोटो थियो। जसको पोष्ट भए पनि जमिन त नेपालकै हो भन्ने लागेको थियो। पछि थाहा भयो, त्यो त चीनको खेती पो रहेछ।सोह्रै आना गलत कुरो किन हालिन्छन् फेसबुकमा? कसैलाई थाहा छ भने भनिदिनुहोला।

    फेसबुक चलाउनेहरुले टाउको एउटाको शरिर अर्काको राख्न कति मिहिनेत गरेका होलान् ? यति घिनलाग्दो सोच राख्नेले सुंगुर, स्याल, बाज, आदिको फोटै खोजेर राखिदिए भैहाल्थ्यो नि !

    मृत्युका बारेमा त फेसबुकवालाहरू हदै गर्छन्। मृत्यु त्यस्तो अतिरन्जित गर्नुपर्ने विषय होइन। यो एउटा स्वाभाविक प्रकृया हो। तर दुईपटक म आफैँ आर्यघाट पुगेको छु, श्रद्धान्जली दिन। मृतकको चालचूल छैन। दुवैजनालाई अस्पतालमै मारेर हतार हतार फेसवुकमा श्रद्धान्जलि दिइएको रहेछ। धन्न एकजना साथी चार दिनपछि मरिदिनुभएर फेसबुके साथीको इज्जत राखिदिनुभएछ।

    झुटको खेती फेसबुकमा खुब फस्टाउँदो रहेछ। हेलिकोप्टर, लिमोजिन, नेपाल प्रहरीको जमिनमा राष्ट्रपतिलाई चारैतिरबाट घेरेर मारुम्लै गरुँला गरे। तर ती विलासी बस्तु त नेपाली कांग्रेसको निरन्तरता मात्र रहेछन भन्ने प्रामाणिक ज्ञान पाएपछि ती फेसबुके साथीहरुले राष्ट्रपतिसँग माफी मागे होलान ? मागेन रहेन छन्।

    कालापानी विवाद ०४८–५१ बेस्सरी चर्किएर सुस्ताएको विषय हो। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र शेरबहादुर देउवा गृहमन्त्री भएको समय थियो त्यो। पंचायती कालभरि लुकाएर राखिएको यो गोप्य समझदारीलाई दार्चुलाका सांसद प्रेमसिंह धामीले कालापानी, लिम्पियाधुरा र लिपुलेखका बारेमा तथ्य सहित संसदमा कुरा उठाएपछि यो सीमाना मुद्दा सबै नेपालीको जानकारीमा आएको हो।

    त्यसपछि नेकपा एमालेका जनसंगठनहरुले ‘कालापानी मार्च’ गरेर नपाउने सास्ती पाए। गृहमन्त्रीका पुलिसहरुले नेपाल कम्युनिस्ट पार्टीका युवा कार्यकर्तालाई लाठी मात्र होइन, टियरग्यास पनि प्रहार गरेका थिए।

    फेसबुक बन्द गर्ने मेरो प्रस्तावलाई ‘स्वतन्त्रता माथिको आक्रमण’ भन्ने प्रतिवाद पनि आउन सक्छ। तर नेपालजस्तो देशमा, स्वतन्त्रताको नाउँमा सडकमा नांगो नाच देखाउन पाइँदैन। अधिकारसँगै कर्तव्य भन्ने शब्‍द पनि आउँछ। समाजलाई सभ्य र सुसंस्कृत बनाउन फेसबुकको भूमिका प्रष्ट देखिनुपर्ने हो। किनभने जति खराब भए पनि अहिले फेसबुक सबैभन्दा शक्तिशाली सम्‍प्रेषणको माध्यम भएको छ।

    कालापानीको भूमिवृतान्त देशलाई जानकारी गराउने प्रेमसिँह धामी जिप दुर्घटनामा मारिनु भएको भए पनि यत्रो बुहार्तन भोग्ने हामी जिउँदै छौं – तर फेसबुकबाट आरोप आयो – अहिले नेताहरुले कालापानी बेचे, कुनै दिन यिनीहरुले देशै बेचेर खानेछन्।’

    गाली, असत्य समाचार साइबर अपराधसम्म पुग्ने फेसबुके टिप्पणी पढन पाइएन भने के मान्छे मर्छ ? लाखौं करोडौं मरेका छैनन्। भुटानमा फेसबुक प्रतिबन्धित छ, त्यहाँका जनता दक्षिण एशियामा सबैभन्दा खुसी मानिन्छन्।

    चीनमा फेसबुक प्रतिबन्धित छ। फेसबुके मुलुकहरुले चार सय वर्षमा गर्न नसेकको विकास चीनले ४० वर्षमा सिध्याएको छ। त्यसैले न खुसीमा फेसबुकको कुनै भूमिका छ नत राष्ट्रिय विकासमा। खुशी र विकासमा फेसबुकको कुनै भूमिका हुँदैन भने नेपालीले यो फोहोर किन आफ्नो काँधमा बोक्ने। यस्तो अवस्थामा नेपाल सरकारले फेसबुक संचालनका बारे ठोस र कडा निर्णय लिनुपर्ने हुन्छ।

    तर नेपालजस्तो देशमा, स्वतन्त्रताको नाउँमा सडकमा नांगो नाच देखाउन पाइँदैन। अधिकारसँगै कर्तव्य भन्ने शब्‍द पनि आउँछ। समाजलाई सभ्य र सुसंस्कृत बनाउन फेसबुकको भूमिका प्रष्ट देखिनुपर्ने हो। किनभने जति खराब भए पनि अहिले फेसबुक सबैभन्दा शक्तिशाली सम्‍प्रेषणको माध्यम भएको छ।

    स्वस्थ्य र सुरक्षित समाज निर्माण गर्नका लागि आवश्यक पर्‍यो भने सरकारले फेसबुकमाथि प्रतिबन्ध लगाउनुपर्ने पनि हुन सक्छ। किनभने नेपालको लोकतान्त्रिक गणतन्त्र फेसबुके बुद्धिजीविका लागि होइन, समग्र नेपाली जनताका लागि बन्नुपर्छ । सकारात्मक सन्देश दिने माध्यम हुनुपर्छ ।

    ‘साइबर क्राइम’ एउटा शब्‍द आएको छ नेपालमा। तर त्यसले साइबर अपराधका कारण पीडित भएकाहरूप्रति कुनै न्याय दिन सकेको छैन। फेसबुकले गलत आरोप हजारौंमा छरिसकेपछि विचरा एउटा निरीह प्राणीले प्रतिवाद गरेर कसरी सत्य स्थापित गर्न सकोस !

    ‘स्वतन्त्रता’ सबैको लागि सर्वाधिक प्रिय वस्तु हो। यो केवल देखाउने प्रणाली मात्र होइन। मानव सभ्यताको सुरुदेखि अहिलेसम्म सभ्य मानिसका लागि ’स्वतन्त्रता’ सर्वत्र प्रिय छ। स्वतन्त्रतालाई, केही नठान्नेहरुलाई दास भनिदिए हुन्छ।

    फेसबुक बन्द गर्ने मेरो प्रस्तावलाई ‘स्वतन्त्रता माथिको आक्रमण’ भन्ने प्रतिवाद पनि आउन सक्छ। तर नेपालजस्तो देशमा, स्वतन्त्रताको नाउँमा सडकमा नांगो नाच देखाउन पाइँदैन। अधिकारसँगै कर्तव्य भन्ने शब्‍द पनि आउँछ। समाजलाई सभ्य र सुसंस्कृत बनाउन फेसबुकको भूमिका प्रष्ट देखिनुपर्ने हो। किनभने जति खराब भए पनि अहिले फेसबुक सबैभन्दा शक्तिशाली सम्‍प्रेषणको माध्यम भएको छ।

    प्रेस काउन्सिल, सूचना विभाग, संचार मन्त्रालयको ध्यान यतातिर जाओस्। सबैखाले प्रयत्न गरेर फेसबुकलाई सभ्यताको बाहक बनाउने कोशिस गरौं। 

प्रदीप नेपाल

नेकपाका नेता प्रदीप नेपाल राजनीतिसँगै साहित्य रचनामासमेत क्रियाशील छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]