समाज

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

मंसिर १५, २०७६

    बारा : पूर्व-पश्चिम लोकमार्गअन्तर्गत बाराको निजगढ-८ स्थित बुद्धचोकमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा निजगढ ८ खयरघारीका १५ वर्षीय करिब कार्की रहेका छन्।

    घरबाट बजारतर्फ आउने क्रममा लच्कामा पथलैयाबाट पूर्वतर्फ जाँदै गरेको ना. ५ ख ८७६७ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो।

    उनको शव परीक्षणका लागि रौतहटको चन्द्रपुर अस्पताल पठाएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक विकाश थपलियाले जानकारी दिए। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]