राजनीति

धरानमा कांग्रेसका तिलक राई जीत नजिक, कसले कति जिते

मंसिर १६, २०७६

    काठमाडौं : शनिबार सम्पन्न तीनै तहका उपनिर्वाचनको दुई स्थानबाहेक सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ। धरान उपमहानगरपालिकाका प्रमुख र धरान उपमहानगरकै ७ नम्बर वडाका अध्यक्षका लागि भएको मतदानको परिणाम आउन बाँकी छ। 

    अहिलेसम्म सार्वजनिक ५० स्थानको मतपरिणाम अनुसार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले २९, नेपाली काँग्रेसले १२, समाजवादी पार्टीले ४, राजपा नेपालले ३, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र उम्मेदवारले एक÷एक सिट जितेका छन्।  

    प्रतिनिधिसभा तर्फ कास्की २ मा नेकपाकी विद्या भट्टराई निर्वाचित भएकी छन्। तीन वटा प्रदेशसभा सदस्यतर्फ भक्तपुर १ (क) मा नेपाली कांग्रेसका कृष्णलाल भडेल, बाग्लुङ २ (ख) मा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही र दाङ ३ (ख) मा नेकपाकी विमला वली विजयी भइन्। तीन गाउँपालिका अध्यक्ष र एक उपाध्यक्षमा सत्तारुढ नेकपाका उम्मेदवार निर्वाचित भएका छन्। पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा वीरबहादुर कुरुम्वाङ, महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा विक्रम चौधरी, संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा तेजबहादुर पोख्रेल र हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा रुपा शाही बिजयी भइन्। 

    गएराति १२ बजे सार्वजनिक मतपरिणाम अनुसार प्रदेशसभा सदस्यतर्फ दाङ ३ (ख) मा नेकपाकी उम्मेदवार विमाल वली बिजयी भइन्। विमलाले कांग्रेस उम्मेदवार केशव आचार्यलाई ५ हजार १ सय ४ मतअन्तरले पराजित गरेकी हुन्। उनले २४ हजार २ सय ८६ मत ल्याउँदा का‌ंग्रेस उम्मेदवार आचार्यले १९ हजार १ सय ८२ मत पाए। प्रदेशसभा सदस्य तर्फ नै बागलुङ क्षेत्र नम्बर २ (ख) मा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही ११ हजार २ सय ३५ मत ल्याएर बिजयी भए।

    गएराति सार्वजनिक मतपरिणाम अनुसार उन निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका जितबहादुर शेरचनले ९ हजार १ सय ३८ मत ल्याए। पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेकपाका वीरबहादुर कुरुम्बाङ विजयी भए। आइतबार राति सार्वजनिक मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार बृजहाङ आङदेम्बेलाई ८ सय ६ मतले हराउँदै कुरुम्बाङ बिजयी भए। कुरुम्बाङले ५ हजार ३ सय ६९ मत प्राप्त गर्दा आङदेम्बेले ४ हजार ५ सय ६३ मत ल्याए। 

    त्यस्तै धरान धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कांग्रेस तिलक राई जीत नजितक पुगका छन्। उनले २५ हजार ९ सय ९५ मत प्राप्त गरेका छन्। उनलाई नेकपा प्रकाश राई २३ हजार ३ सय ९३ मत सहित पछ्याइरहेका छन्। अब केही मत मात्र गन्न बाँकी रहेको बताइएको छ।  
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]