मनोरञ्जन

सिड्नीमा नेपथ्यको लाइभ शो

मंसिर १६, २०७६

    काठमाडौं : ‘नेपाल टच’को आयोजनामा नेपथ्यले अष्ट्रेलियाको सिड्नीमा कन्सर्ट गर्ने भएका छन्। ‘नेपथ्य लाईभ इन सिड्नी–२०१९’ नाम दिइएको यस कार्यक्रमको मुख्य प्रयोजक एक्सपर्ट एजुकेशन हो। 

    डिसेम्बर १४ तरिख अर्थात् मंसिर २८ गते हुने यस कन्सर्टको लागि विग टप लुना पार्क रोजिएको छ। उक्त हलमा ३ हजार दर्शक अट्नेछन्। कन्सर्टमा ३ हजार नै दर्शक आउने अपेक्षा गरिएको छ।

    नेपाली टचले नेपाली समुदायदाई लक्षित गरी अष्ट्रेलियामै विगत १० वर्षदेखि विभिन्न समाजिक सांस्कृतिक एवंम मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको छ। यस कार्यक्रमले अष्ट्रेलियामा रहेका विद्यार्थीहरु र दर्शकहरुलाई आफ्नो देशप्रतिको माया दर्शाउने विश्वास लिइएको आयोजकले बताएको छ। अष्ट्रेलियामा हुने नेपथ्यको विभिन्न कार्यक्रमको संयोजक पनि नेपाल टच रहेको छ। 

    नेपाली संगीतिक व्याण्ड ‘नेपथ्य’ विश्वमाझ परिचित छ। नेपाली दर्शक तथ स्रोतामा नेपथ्यको रुचाइएको ब्याण्ड हो। फरक शैलीका गीतहरु तयार गरेर नेपथ्यले आफ्नो छुट्टै स्थान बनाएका छन्। नेपथ्यको देशदेखि विदेशसम्म धेरै संख्यामा कन्सर्ट गरिसकेका छन्।


     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]