
जनकपुरधाम : धनुषामा ट्राफिक प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ परेका छन्। ट्राफिक प्रहरी सहायक निरीक्षक नविनकुमार झालाई महेन्द्रनगरबाट अख्तियारको टोलीले १ हजार घुससहित पक्राउ गरेको हो।
पक्राउ परेका उनी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत थिए। मापदण्ड विपरित टिपर चलाएका एक चालकसँग १ हजार घुस लिएलगत्तै उनलाई पक्राउ गरिएको अख्तियारको कार्यालय बर्दिबासले जनाएको छ।
अख्तियारको टोलीले पक्राउ परेका प्रहरी सहायक निरीक्षक झालाई आवश्यक कारवाहीका लागि बर्दिबास कार्यालय लगिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।