मनोरञ्जन

राम लिम्बुले जिते ‘द भ्वाइस अफ नेपाल’ को उपाधि

मंसिर २२, २०७६

    काठमाडौं : द भ्वाइस अफ नेपाल सिजन टुको उपाधि राम लिम्बुले जितेका छन्। 

    हिमालय टेलिभिजनबाट प्रशारित रियालीटी शो भ्वाइस अफ नेपालको उपाधि लिम्बुले जितेका हुन्। शनिबार राति भएको ग्राण्ड फिनालेमा लिम्बुले उपाधि हात पारे।  अन्तिम चारबाट विजेता चयन गरिएको थियो। कोच प्रमोदको टिमबाट राम विजयी भएका हुन्। ‘दि भ्वाइस अफ नेपाल’को अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ राउफ पुगेका थिए।

    उनीहरुले गरेको प्रस्तुति र दर्शकको भोटिङको आधारमा राम लिम्बु विजेता बनेका हुन्। उनले, विजेता बनेसँगै कार पुरस्कार पाएका छन् । साथै, म्यूजिक नेपालबाट उनको एल्बम समेत सार्वजनिक हुनेछ।  यो सिजनको कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]