समाज

मुगुमा हिउँदे बाली लगाउने चटारो, हिमपात कुर्दै किसान

मंसिर २२, २०७६

    मुगु : किसान यति बेला भुवा पाखो खेतबारीमा हिउँदे बाली गहुँ जौ झर्ने चटारोमा छन्। उनीहरू हिउँदे बाली लगाउनका लागि खेतबारी खन जोतमा ब्यस्त छन्। 

    मुगु जिल्लाको पश्चिम खत्याड गाउँपालिका स्थित वडा नं ७ गम्थाका का किसान खेतमा गहुँ र जौँ छर्ने हतारो छ। बिहान सबेरै खेतबारीमा निस्कीएर खेतमा गहुँ, जो छर्न, खेतबारीमा खन जोत गर्न ब्यस्त रहेका खत्याड गाउँपालीका वडा नं ७ का किसान चम्फा सिहं थापाले बताए। 

    बर्खे बाली कोदो, सिमी, मकै र आलुलगायत बाली थन्क्याएपछि उनी मात्र होइन, लेकाली बस्तीका अधिकांश किसान खेतबारीमै व्यस्त छन। अर्का किसान जसीराम भियाँलका अनुसार अन्न छर्ने कामले फुर्सद पाउनै नसकेको बताए। 

    लेकाली बस्तीमा चिसो मौसम सुरु नहुँदै अन्न लगाइसक्नुपर्ने बाध्यता छ । चिसोका कारण बाहिर निस्कन समस्या हुने भएकाले कृषक जतिसक्दो छिटो बाली लगाउने हतारोमा परेका छन्। मंसिर पहिलो सातादेखि नै खत्याड गाउँपालिकाको सुकााढिक, गम्था, रातापानी, श्रीकोट, आम, सेरी, कोटडाडा, तलि बगरलगायत बस्तीका किसानलाई जौं र गहुँ छर्ने चटारो छ ।

    चाडबाड सकिएको र धेरै चिसो नभएकाले बालबालिकादेखि वृद्धसम्मलाई बाली लगाउने कामले छोएको छ । खत्याड गाउँपालीका, सोरु गाउँपालीका छायाँनाथ रारा नगपालीका र मुगुमकामाराेंगं गाउँपालीकमा सिँचाइ सुविधा नहुने अधिकांश क्षेत्रमा आकासेपानीकै भरमा खेती गरिन्छ ।  हिउँदमा जिल्लाका अधिकांश क्षेत्रमा हिमपात हुने भएकाले हिउँ पर्ने आशामै खेती गरिन्छ । हिमपात भएपछि जमिनको चिस्यान लामो समयम्म कायम हुने र उत्पादन बढ्ने जिल्ला कृषि विकास कार्यालयका प्रमुख केबी रोकायाले बताए । 

    ‘खेतीपाती गरेर जीवननिर्वाह गर्ने अधिकांश किसान अहिले खेतबारीमै व्यस्त छन्। उनले भने, ‘सिँचाइ सुविधा नभएका केही उच्च लेकाली बस्तीमा वर्षमा एक बाली मात्र लाग्छ, ती बस्तीमा पनि हिमपात हुने आशाले किसानले बाली लगाउन सुरु गरिसकेका छन्। यता छायानाथरारा नगरपालिकाको रुगा र खत्याड गाउँपालिकाको हयाङलुका स्थानीयले भने हिमपात भएपछि मात्र वर्षमा एक बाली लगाउने गरेको उनको भनाइ छ । हिमपातका कारण माटो ओसिलो भएपछि किसानले बाली लगाउने गरेको स्थानीयको भनाइ छ ।

    कृषि विकास कार्यालय मुगुका अनुसार हिमाली क्षेत्रमा जति बढी हिमपात भयो उति बढी अन्नबालीको उत्पादन हुन्छ । चिसोले गर्दा ७ महिना देखि ९ महिनामा मुस्किलले बाली पाक्ने गर्दछ। मुगुमा वर्षमा दुई बाली बर्खे बाली र हिउँदे बाली हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]