खेलकुद

साग फूटबल : फाइनल पुग्न आज नेपाल र बङ्गलादेश भिड्दै

मंसिर २२, २०७६

    काठमाडौं : नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत आज नेपाल र बङ्गलादेशको पुरुष टोलीबीच प्रतिष्पर्धा हुने भएको छ। 

    बेलुकी पाँच बजे हुने खेल नेपालका लागि निकै सुविधाजनक छ। नेपालले फाइनलमा पुग्न आज बराबरी मात्रै खेले पुग्छ। आजको खेल जिते नेपाल लिगको शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्नेछ।

    तर बङ्गलादेशले भने स्वर्ण भीडन्तका लागि आफुलाई योग्य बनाउन आज नेपाललाई हराउनैपर्छ। जारी सागमा नेपालले यसअघि तीन खेलबाट सात अङ्क जोडेको छ।

    यसअघि नै फाइनलमा पुगेको भुटानले चार खेलबाट नौ अङ्क जोडेको छ भने बङ्गलादेशले तीन खेलबाट जम्मा चार अङ्क जोडेको छ। फाइनलमा पुग्नका लागि आज बङ्गलादेशले नेपाललाई पाँच–शुन्य गोलअन्तरले हराउनपर्नेछ। 

    यो पटकको साग फूटबलमा भारत र पाकिस्तानबाहेकका पाँच दक्षिण एसियाली राष्ट्रिय टीमले भाग लिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]