विश्व

डेनमार्कमा हुन लागेको नेटोको ७०औँ वार्षिक सम्मेलन रद्द

मंसिर २२, २०७६

    उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) गठनको ७० औँ वर्षगाँठका अवसरमा  कोपेनहेगनमा हुनेगरी तय भएको सम्मेलनबारे डेनमार्कस्थित अमेरिकी राजदूतावासले बेखुशी व्यक्त गरेपछि एक्कासी रद्द गरिएको छ।

    डेनमार्कको नेटोसम्बद्ध संस्था ‘डेनिस एट्लान्टिक ट्रिटी एसोसिएसन (डाटा)’ का अनुसार सुरक्षा नीति विज्ञहरूका अनुसार वर्तमान अमेरिकी नीतिबारे सीआइएका पूर्वविश्लेषक राजनीतिशास्त्री स्टान्ले स्लोनको अमेरिकाप्रतिको आलोचनापछि डेनमार्कका लागि अमेरिकी राजदूत क्लारा सान्ड्सले सम्मेलनबारे असन्तुष्टि व्यक्त गरेका हुन्।

    'हामीले स्लोनले कहिल्यै पनि हाम्रो सम्मेलनमा गैरराजनीतिक तथा लक्षित भाषण दिने कुरा कल्पना गर्नसक्दैनथ्यौँ। त्यसैले उहाँलाई वक्ताका रूपमा राख्यौँ तर पछि अमेरिकी राजदूतले सम्मेलनमा स्लोनलाई हटाउन आग्रह गर्नुभयो,' डाटाका महासचिव लार्ज व्यङ्गर्ट स्ट्रुवेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    उनेले थपे, 'स्लोनलाई वक्ताबाट हटाइएपछि डाटाले सम्पूर्ण कार्यक्रम नै रद्द गर्ने निर्णय लिएको छ।' फ्रेडेरिक्सवर्ग क्यासलमा आयोजना गर्नेगरी तय भएको सम्मेलन आगामी बुधबार शुरू हुने घोषणा गरिएको थियो। कार्यक्रम अमेरिकी सहकार्यमा डाटाद्वारा गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]