समाज

शान्ता चौधरीको घरमा चोरी

मंसिर २३, २०७६

    दाङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीको घरमा चोरी भएको छ।

    घरमा कोही नभएको समयमा चोरले घरको मुलगेट, ढोकाको ताला फोडेर भित्र पसेको भेटिएको छ। सोमबार नेता चौधरीका आफन्तहरू घरमा गएको समयमा गेटको ताला फोडिएको पाए। चौधरीको घरभित्र रहेका दराजको समेत ताला फोडेर सरसामान छरफस्ट अवस्थामा थिए।

    घटनालगत्तै नेता चौधरीका आफन्तले प्रहरीलाई खवर गरेका थिए।  उप निर्वाचनको मतगणना सकिएलगत्तै एक साता अघि सपरिवार काठमाडौं गएकाले नेता चौधरीको घरमा कोही थिएनन्।

    नेता चौधरी अहिले घर नभएकाले के चोरी भयो भन्ने बारेमा थाहा हुन नसकेको चौधरीका स्वकीय सचिव सन्तोष दहितले बताए। घरमा कहिले चोर पसेको हो भन्ने बारेमा पनि जानकारी हुनसकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]