राजनीति

नेकपाले अघि बढायो वामदेवलाई उपाध्यक्ष बनाउने प्रस्ताव

मंसिर २९ र ३० मा स्थायी समिति बस्‍ने

मंसिर २३, २०७६

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संगठन विभाग प्रमुख वामदेव गौतमलाई उपाध्यक्ष बनाउने गरी विधान संशोधन प्रस्तावलाई स्थायी समिति बैठकमा पठाउने निर्णय गरेको छ। 

    पार्टी मुख्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्ष पदका लागि विधान संशोधन अघि बढाउनेसहितका पाँचवटा निर्णय गरेको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए। 

    उनका अनुसार पार्टी सचिवालयले अघि बढाएको विधान संशोधन प्रस्तावलाई आगामी मंसिर २९ र ३० गते बस्ने स्थायी समिति बैठकमा पेश गरिने भएको छ। नेकपाको एकीकरणपछि स्थायी समिति बस्न सकेको छैन। नेताहरुले लामो समयदेखि पार्टीको सांगठानिक र वैचारिक रणनीतिबारे छलफलका लागि स्थायी समिति बस्नुपर्ने माग गर्दै आएका थिए। 

    त्यसैगरि बैठकले मंसिर १४ मा भएको उपनिर्वाचनपछिको परिणामबारेको प्रतिवेदन बुझाउने म्याद ५ दिन थप्ने अर्को निर्णय गरेको छ। नेकपा सचिवालयले यसअघि सम्बन्धित भूगोलका कमिटीलाई तीन दिनभित्र उपनिर्वाचनको प्रतिवेदन पेश गर्न भनेको थियो। अब उपनिर्वाचन भएका जिल्ला तथा प्रदेश कमिटीहरुले मंसिर २२ सम्ममा प्रतिवेदन बुझाइसक्नुपर्नेछ।

    बैठकले विभिन्‍न जिल्ला समितिहरुमा देखिएको समस्या समाधान गर्न केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिने निर्णय गरेको छ। नेकपाले करिब एक वर्षपछि स्थायी कमिटी बैठक बोलाएको छ। स्थायी समिति बस्‍नुअघि मंसिर २७ मा नेकपा सचिवालय फेरि बस्ने भएको छ। 

    सचिवालय बैठकले नेकपा कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले दिएको राजीनामा अस्वीकृत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।  बैठकले सात दिनभित्र केन्द्रीय विभागलाई पूर्णता दिने निर्णय पनि लिएको छ।

    नेकपा प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि अतिक्रमणपछि उत्पन्‍न समस्याबारे छलफलका लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई पठाउन गरेको निर्णयबारे कुनै कुरा भएन। 

रमेश पराजुली

पराजुली समसामयिक राजनीतिक र सामाजिक विषयमा रिपोर्टिङ गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]