फिचर : फोटो फिचर

'जलपरी' गौरिकाले चौथो स्वर्ण जित्दा... (फोटो फिचर)

एकै सागमा चार स्वर्ण र दुई रजत

मंसिर २३, २०७६

    काठमाडौं :  'जलपरी' गौरिका सिंहले दक्षिण एसियाली खेलकुद अन्तर्गत पौडीबाट चौथो स्वर्ण पदक जितेकी छन्। सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा गौरिकाले महिलातर्फ १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जितेकी हुन्।

    स्वर्ण जित्ने क्रममा गौरिकाले ५८.१३ सेकेण्डको समय निकाल्न सफल भइन्। यो स्पर्धामा भारतकी शिवांगी शर्माले रजत पदक जितेकी छन्।  योसँगै गौरिकाले एउटै सागमा चारवटा स्वर्ण पदक जितेर कीर्तिमान बनाएकी छन्।

    यसअघि १७ वर्षीया ओलम्पियन गौरिकाले ४ सय मिटर फ्रीस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जितिसकेकी छन्।  चौथो स्वर्णसँगै गौरिका नेपालका लागि सर्वाधिक सफल खेलाडी भएकी छन्। उनी एकै संस्करणमा ४ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी भइन्।

    उनले चार स्वर्ण, एक रजत र समूहगत स्पर्धामा एक कास्यससहित यो सागमा कूल ६ पदक जितेकी छन्।

    गौरिकाले चौथो स्वर्ण जित्दा यस्तो देखियो। तस्बिर : शिला तिमल्सिना

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]