साहित्य

‘अब्जेक्टिभ बुक फर सिभिल इन्जिनियर्स्’ विमोचित

पुस १५, २०७६

    काठमाडौं : इन्जिनियर जनकराज पन्तसहित लेखकहरुको लेखको संग्रह ‘अब्जेक्टिभ बुक फर सिभिल इन्जिनियर्स्’ विमोचन भएको छ।

    सोमबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा ८०० पृष्ठको उक्त पुस्तक सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, कृषि सडक विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठ, पूर्वसचिव भीम उपाध्याय, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लेखा विभाग प्रमुख पार्वती शर्माले संयुक्त रुपमा विमोचन गरेका थिए।

    कार्यक्रममा प्रमुख अतिथि सडक विभागका महानिर्देशक शर्माले देश विकासका लागि प्राविधिक प्रशासकलाई राज्यले विशेष महत्त्व दिनुपर्ने माग गरे। अबको युग विकासको भएकाले प्राविधिक प्रशासकहरुले देश विकासमा लाग्नुको विकल्प नरहेको उनको भनाइ छ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव पार्वती शर्मा काफ्लेले प्रशासन र प्राविधिकतर्फका कुशल प्रशासक उत्पादन गराउन विमोचित पुस्तक अत्यन्त उपयोगी रहेको र यस पुस्तकले प्राविधिक विकासमा समेत विशेष भूमिका खेल्नेमा आफु विश्वस्त रहेको बताइन्।

    प्राविधिक क्षेत्रमा दक्ष र कुशल जनशक्ति उत्पादन गराउन मद्दत पुगोस् भन्ने उदेश्यले पुस्तक प्रकाशन गरेको नालन्दा फाउन्डेशनका निर्देशक रामकृष्ण आचार्यले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]