खेलकुद

सुपर कपको उपाधि रियल मड्रिडले जित्यो

पुस २८, २०७६

    स्पेनिस सुपर कप कपको उपाधि रियल मड्रिडले जितेको छ। 

    साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्ट सिटीमा भएको खेलमा एथ्लेटिको मड्रिडलाई हराउँदै रियलले उपाधि हात पारेको हो। निर्धारित समयमा समयमा गोल हुन सकेन। त्यसपछि थप गरिएको समयमा पनि गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

    पेनाल्टी सुटआउटबाट ४–१ को जित निकाल्दै रियल मड्रिडले स्पेनिस सुपरकपको उपाधि हात पारेको हो।  खेलको अतिरिक्त समयमा फेडेरिको भालभर्डेले मोराटालाई फउल गरेपछि रातो कार्ड खाँदै बाहिरिँदा रियल १० खेलाडीमा सीमित भएको थियो।

    पेनाल्टी सुटआउटमा एथ्लेटिकोका केइरन ट्रिपिरले गोल गर्दा सउल निग्युज र थोमस पार्टे चुकेका थिए। अर्कोतर्फ रियलका डानी कार्भाजल, रोड्रिगो, लुका मोड्रिच र सर्जियो रामोसले पेनाल्टी गोल गरेका थिए।

    एथ्लेटिको मड्रिड बार्सिलोनालाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने रियल मड्रिड भ्यालेन्सियालाई हराउँदै फाइनल प्रवेश गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]