खेलकुद

पुलिसविरुद्ध एनआरटीको जित, छैटौं स्थानमा पुग्यो

पुस २८, २०७६

    काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) ले बलियो प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। यो जितसँगै एनआरटी लिगको छैटौँ स्थानमा उक्लिएको छ। 

    दशरथ रंगशालामा सोमबार भएको पहिलो खेलमा एनआरटीले विभागीय टोली नेपाल पुलिस क्लबमाथि १-० को रोमाञ्चक जित निकालेको हो। खेलको ७५औं मिनटमा दर्शन गुरुङले बक्स भित्रबाट एनआरटीका लागि निर्णायक गोल गरे।

    यो जितपछि ६ खेलबाट ८ अंक जोडेको एनआरटी छैटौं स्थानमा उक्लिएको छ।  शीर्ष स्थानमा रहेको नेपाल आर्मी भन्दा ऊ पाँच अंकले पछाडि छ । पाँचौं स्थानमा जावलाखेल छ। उसले ९ अंक बनाएको छ।

    पराजित पुलिसको पनि समान ८ अंक छ। तर गोल अन्तरका आधारमा एनआरटी भन्दा एक स्थान तल सातौं स्थानमा पुलिस बसेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]