राजनीति

पूर्व एमाले र माओवादी भन्ने भावना त्याग्नुपर्छ : प्रवक्ता श्रेष्ठ

पुस २८, २०७६

    तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारयणकाजी श्रेष्ठले सबै कार्यकर्ताले पूर्व एमाले र पूर्व माओवादी भन्ने भावना त्याग्नुपर्ने बताएका छन्।

    नेकपा तनहुँले सोमबार दमौलीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले पार्टी एकताको अर्थ, महत्व र औचित्यलाई सबै कार्यकर्ताले आत्मसाथ गर्नुपर्ने बताएका हुन्। उनले सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न कम्युनिष्ट पार्टी नेतृत्वको सरकार लाग्नुपर्ने भएको बताए।

    श्रेष्ठले संविधानले परिकल्पना गरेको समाजवादमा पुग्नका लागि सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्नुपर्ने औल्याए। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टीको नेतृत्वको स्थानीय तहहरूले काम गर्दा जनताको आधारभूत आवश्यकतालाई सम्बोधन गर्नुपर्ने बताए।

    जनप्रतिनिधिले जनताको काम गर्दा पार्टीसँग समन्वय गरेर मात्र गर्नुपर्नेमा उनको जोड थियो। शिक्षा र स्वास्थ्य राज्यको दायित्वभित्र पर्ने भन्दै मुख्यमन्त्री गुरुङले शिक्षा र स्वास्थ्यको पहुँचमा सबै नागरिक पुर्‍याउँदै समाजबाद उन्मुख राज्य व्यवस्था स्थापना गर्नुपर्ने बताए।

    राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर नबन्दासम्म वैदेशिक हस्तक्षेप भइरहने उनको भनाई थियो। उनले सामाजिक न्यायसहितको समावेशी लोकतन्त्र नेपालको विशेषता रहेको भन्दै विविधता बिचको एकता कायम गरी जनताको आधारभूत आवश्यकतालाई सम्बोधन गर्नुपर्ने बताए। 

    कार्यक्रममा नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, नेकपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द नेपाली, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, तनहुँ जिल्ला अध्यक्ष केदार सिग्देललगायतले पार्टी एकतालाई जोड दिएका थिए।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]