समाज : सुरक्षा/अपराध

इलाममा एनसेल टावरमा बम बिस्फोट

फाइल तस्बिर
पुस २९, २०७६

    इलाम : देउमाई नगरपालिका-७ जितपुर अजम्बरे डाँडामा रहेको एनसेल टावरमा अज्ञात समूहले बम बिस्फोट गरेका छन्।

    सोमबार राति भएको बम बिस्फोटबाट टावर पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरी निरीक्षक राजकिशोर तेलीले जानकारी दिए। टावरका लागि प्रयोग हुने जेनेरेटरसहित अन्य सामग्री ध्वस्त भएको छ। राति करिब १२ बजे र ३ बजे विस्फोटको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तर, प्रहरी घटना स्थलमा मंगलबार बिहान मात्र पुगेको थिए।

    टावरमा दुईवटा बम बिस्फोफ गराइएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनास्थलनजिकै नपड्किएको सुतली बम र तार समेत फेला परेको छ। उक्त बाम नेपाली सेनाले निस्क्रिय गरेको प्रहरी निरीक्षक तेलीले जानकारी दिए। 

    बिस्फोटबाट भएको क्षतिबारे यकिन जानकारी आएको छैन। साथै, बिस्फोट कसले गर्‍यो भन्ने समेत खुलेको छैन। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मंगलबारेबाट टोली खटिएको प्रहरी निरीक्षक तेलीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]