अर्थ

५, १० र ५०० दरका ६० अर्ब रुपैयाँ बराबरका नोट छापिँदै

पुस २९, २०७६

    काठमाडौं : नेपाल राष्ट्र बैंकले करिब ६० अर्ब रुपैयाँ बराबरको नयाँ नोट छाप्‍न प्रकिया अघि बढाएको छ। राष्ट्र बैंकले नयाँ नोटको डिजाइन, छपाई र आपूर्तिका लागि विदेशी कम्पनीसँग पूर्वयोग्यता छनौट प्रक्रिया अघि बढाएको हो।

    पूर्व योग्यतामा छनोट हुने कम्पनीले अन्तराष्ट्रिय वोलपत्र "ग्लोवल टेण्डर"मा भाग लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यस प्रक्रिया अन्तर्गत अहिले नेपाल राष्ट्र बैंकले ५, १० र ५०० दरका नयाँ नोट छाप्‍न थालेको राष्ट्र बैंकले जनाएको छ। पूर्व योग्यता छनोटका लागि २० हजारको भौचरसहित राष्ट्र बैंकमा निवेदन दिन भनिएको छ।

    बैंकले ५ रुपैयाँ दरका ३० करोड थान एक अर्ब ५० करोड रुपैयाँ बराबर, १० रुपैयाँको ३४ करोड थान तीन अर्ब ४० करोड रुपैयाँ बराबर र ५०० रुपैयाँका १९ करोड अर्थात ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट छपाइ गर्न प्रकिया अघि बढाएको हो। एउटा नोट छाप्न सामान्यतया १ रुपैयाँदेखि चार रुपैयाँ लाग्ने गरेको छ । नेपालले नोट छपाइको काम प्राय फ्रान्स इण्डोनेशिया र चीनबाट गराउदै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]