समाज

कर्णालीमा माघे संक्रान्तिको सार्वजनिक बिदा

फाइल फोटो
पुस २९, २०७६

    सुर्खेत : बुधबार माघ १ गते अर्थात् माघे संक्रान्ति। कर्णाली प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ। माघे संक्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

    थारू समुदायको महान पर्व माघीको अवसरमा सार्वजनिक बिदा दिइएको सरकारका प्रवत्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन्। सुर्खेतको वीरेन्द्रनगरसहित विभिन्न स्थानमा थारू समुदायको बस्ती रहेको छ।

    माघीका साथै कर्णाली प्रदेशले साउन १ गते (साउने संक्रान्ति तथा देउडा पर्व), भदौ ४ गते (प्रदेश स्थापनामा सहादत प्राप्त गरेकाहरूको सम्झनामा शहीद दिवस) चैते दशैँ र फोत्तोलो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय यसअघि नै गरिसकेको छ।

    यसैबीच कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले माघे संक्रान्ति २०७६ को शुभकामना दिएका छन्। प्रमुख कलौनीले एक शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली, कर्णाली बासीहरूमा सुख, शान्ति र समृद्घिको कामना गरेका छन्।

    विशेषगरी थारू समुदायले हसोउल्लासका साथ मनाइने यस पर्वले मुलुकलाई विश्वमा सुपरिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रदेश प्रमुख कलौनीद्वारा जारी सन्देशमा उल्लेख छ।

    माघी पर्वले विभिन्न जातजाति, भेषभुषा, धर्म, संस्कृतिबीच आपसी मेलमिलाप अभिवृद्घि गरी सामाजिक, सांस्कृतिक सहिष्णुता र सद्भावलाई सुदृढ बनाउने विश्वास प्रमुख कलौनीले व्यक्त गरेका हुन्।

    यस किसिमका पर्वबाट संस्कृतिको संरक्षण तथा सम्बर्धन गरी सामाजिक सद्भाव कायम गर्दै एकताको सन्देश दिनुपर्ने विज्ञप्तिमार्फत भनिएको छ।  साथै प्रदेश प्रमुख कलौनीले विभिन्न समुदायले फरकफरक तरिकाले मनाउने चाडले कर्णालीमा वासिमा हर्षोल्लास, एकता, उत्साह, उमङ्गका साथ आपसी सद्घभाव कायम गर्न टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]