समाज

सुर्खेत सिटी बसपार्कमा तोडफोड, दुई जना पक्राउ

पुस २९, २०७६

    सुर्खेत : सुर्खेतको सिटी बसपार्कमा तोडफोड भएको छ। स्थानीय केही व्यक्तिको समूहले निर्माण सम्पन्न बसपार्कमा सोमबार राति तोडफोड गरेका हुन्। 

    तोडफोडबाट करिव ३ लाख बराबरको क्षति भएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ। करिव ९ बजे राति बसपार्क भित्रका काउन्टरमा तोडफोड गरिएको हो।राति तोडफोड भए पनि  मंगलबार विहान ९ बजे मात्रै जानकारी पाएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ। 

    तोडफोडमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विरेन्द्रनगर १० का सुरेश बोगटी, वीनपा ६ का लोमन थापा रहेको नगर प्रहरी कार्यालय विरेन्द्रनगरले जनाएको छ।

    घटनाबारे अन्य क–कसको संलग्नता छ भन्ने बारे थप अनुसन्धान भइरहेको नगर प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक मिनबहादुर बिष्टले जनाकारी दिए। प्रारम्भिक अनुमान अनुसार बसपार्कमा पहिले व्यावसाय गर्नेको संलग्नता रहेको हुन सक्ने प्रहरीको भनाई छ।

    बसपार्क निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको अवस्थामा नगरपालिका र पूर्व व्यवसायी बीच विवाद हुँदा बसपार्क भने सुचारु हुन सकेको छैन। बसपार्क संचालनको विवाद अहिले अदालतसम्म पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]