राजनीति

हाम्रा पर्वले साझा नेपाली पहिचान कायम गर्न योगदान पुर्‍याएको छ : राष्ट्रपति भण्डारी

माघ १, २०७६

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले  विभिन्न समुदायले मनाउने माघे संक्रान्तिजस्तो विशेष चाडले सबै नेपालीमा हर्षोल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गरेकी छन्।

    मकर संक्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि  शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रुपमा रहेका यस्ता पर्वले हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरेकी छन्।

    माघी पर्वका अवसरमा उनले दिएको सन्देशमा भनिएको छ, ‘हाम्रा पर्वले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान कायम गर्न उल्लेख्य योगदान पुर्‍याएको मैले विश्वास लिएको छु।’

    माघी पर्वलाई थारु समुदायबाट नयाँ वर्षका रुपमा समेत धूमधामसँग मनाउने गरिन्छ । यो पर्व स्नान, दान, पूजार्चना, मनोरञ्जनका साथै मिष्ठान भोजन गर्दै मनाउने प्रचलन  छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]