समाज

धनकुटाका पाँच होटललाई गुणस्तरको स्टिकर

माघ १, २०७६

    धनकुटा : जिल्ला सदरमुकाम धनकुटा बजारका पाँचवटा होटलमा गुणस्तर स्तरीकरण स्टिकर टाँसिएको छ।

    खाद्य स्वच्छताको आधारमा होटेल रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ को मापदण्डमा परेका पाँचवटा होटेलमा पुस २९ मा गुणस्तर स्तरीकरण स्टिकर टाँसिएको हो। सदरमुकाममा रहेका होटल मकालु र होटल मुर्चुङ्गा खाद्य स्वच्छताको आधारमा होटेल रेष्टुरेन्ट स्तरीकरणको उत्तममा परेका छन्। त्यस्तै, होटल चिफ एण्ड वेष्ट सन्तोजनक, सुरभी र अञ्जुली समान्य स्तरीकरणमा परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटाका प्रमुख शिवशंकर मिश्रले जानकारी दिए।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटाको आयोजनामा प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेसहितको टोलीले होटलको अनुगमन गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]