अर्थ

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउन गल्छी गाउँपालिकाले निःशुल्क बालुवा दिने

माघ १, २०७६

    काठमाडौं : नेपाल टिप्पर तथा ट्रक व्यवसायी समितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्‍याउन एक सय टिप्पर बालुवा निःशुल्क ढुवानी गर्ने भएको छ।

    समितिले धुर्मुस–सुन्तली फाउण्डेशनले जनस्तरबाट सङ्कलित रकमबाट चितवनमा निर्माणाधीन रङ्गशालालाई धादिङको गल्छी गाउँपालिकाले उपलब्ध गराएको १०० टिप्पर बालुवा निःशुल्क ढुवानी गर्न लागेको हो।

    फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल र समितिका अध्यक्ष रामकुमार चापागाईँबीच मङ्गलबार सम्झौतासमेत भएको छ। समितिका संस्थापक अध्यक्ष यादवलाल श्रेष्ठले अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणका लागि टिप्पर तथा ट्रक व्यवसायीले थोरै भए पनि सहयोग गर्ने निर्णय गरेको जानकारी दिए।

    पछिल्लो समय खेल मैदान निर्माणका गर्न अन्तर्राष्ट्रियस्तरका विज्ञसँग सम्झौता गरिँदै छ। फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणले निरन्तरता पाएको जानकारी दिए। 

    रङ्गशालाको आकार आउने गरी काम अघि बढेको छ। मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको उहाँले जानकारी दिनु भयो।रङ्गशालामा नमूना खेल मैदान निर्माण गरी मैत्रीपूर्ण खेलसमेत भइरहेका छन्। ५० ओभरका तीनवटा पिच तयार भएर तीनै।खेल मैदानमा खेल भएका हुन्।

    रङ्गशाला सम्पन्न हुँदै गर्दा त्यो ठाउँ पार्किङ हुनेछ। रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ। रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएकोे छ। रङ्गशाला सम्पन्न गर्न दुई अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]