अर्थ : बैं‌किङ

सेनालाई वित्तीय साक्षरता सिकाउँदै मेगा बैंक

माघ ८, २०७६

    काठमाडौं : मेगा बैंक नेपाल लिमिटेडले सुर्खेतमा नेपाली सेनाका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ।

    देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरिसकेको मेगा बैंकले सुर्खेतस्थित नेपाली सेनाको उत्तरपश्चिम तालिम शिक्षालय लेखपर्सामा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम गरेको हो।

    कार्यक्रममा मेगा बैंक सुर्खेत शाखाका प्रबन्धक विक्रम थापाले वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका साथै मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क लगायतका बारेमा जानकारी गराएका थिए।

    कार्यक्रममा नेपाली सेनाका प्रमुख सेनानी विशाल सिंहले सेनालाई वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम गरी बैंकिङ प्रक्रिया, सेवा, सुविधाका बारेमा जानकारी गराइदिएकोमा धन्यवाद व्यक्त गरे। कार्यक्रममा नेपाली सेनाका विभिन्न दर्जाका एक सयजनाको सहभागिता थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]