समाज

बैतडीमा भ्रष्टाचारका उजुरी बढे

माघ १०, २०७६

    बैतडी : पछिल्लो समय बैतडीमा भ्रष्टाचारम्बन्धी उजुरी बढेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार बैतडीमा भ्रष्टाचारका उजुरी बढेका हुन्।

    कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशका सबै ९ जिल्लाहरूमध्ये बैतडी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारका उजुरी पर्नेमा तेस्रोमा रहेको छ। स्थानीय तहका भ्रष्टाचारसम्बन्धी धेरै उजुरी पर्ने जिल्लामा कैलाली र कञ्चनपुरपछि बैतडी रहेको कार्यालयका प्रमुख बाबुराम खतिवडाले जानकारी दिए। 
    जिल्लामा गत वर्षभन्दा चालू वर्षमा उजुरी बढेको पाइएको छ।

    स्थानीय तहमा भएका आर्थिक अनियमितता, दुरुपयोगलगायत उजुरीको चाप बढ्दै गएको हो। चालू आर्थिक वर्ष २०७६/०७७ को पुस मसान्तसम्म ४० उजुरी दर्ता भएका छन्। गत आर्थिक वर्ष २०७५/०७६ को सो अवधीमा २९ उजुरी मात्रै दर्ता भएका थिए। 

    चालू वर्षमा परेका उजुरीमध्ये हालसम्म १६ उजुरी फर्छ्यौट भएका प्रमुख खतिवडाले बताए। यस्तै गतवर्ष ९६ वटा उजुरी परेकोमा ३० उजुरी फर्छ्यौट भएका थिए। स्थानीय तहबाहेक जिल्लाका अन्य सरकारी कार्यालयले गरेका भ्रष्टाचारका उजुरी पर्ने क्रम बढ्दो छ। स्थानीय तहले सञ्चालन गरेका विकास निर्माणसम्बन्धी आयोजनामा भएको हिनामिनाको उजुरी सबैभन्दा बढी पर्ने गरेको कार्यालयले जनाएको छ।

    अख्तियारले पछिल्लो समय सक्रियता देखाएसँगै उजुरी बढेको कार्यालयको दाबी छ। साथै कार्यालयकोे सक्रियताले रंगेहात पक्राउ समेत पर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]