स्वास्थ्य

'जुगल गाउँपालिकाका १५९ बिरामीको परीक्षण, अवस्था सामान्य'

माघ २९, २०७६

    काठमाडौं : बागमती प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ गुम्बाका स्थानीयको अवस्था गम्भीर नभएको बताएको छ। मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले बुधबार एक विज्ञप्ति जारी गर्दै स्थानीयमा सामान्य ज्वरो, रुघाखोकीको लक्षण देखिएको र गम्भीर बिरामी नपाइको बताएका हुन्।

    उनले त्यहाँका कोही पनि व्यक्ति चीनमा आवतजावत नगरेकाले कोरोनाको संक्रमण देखिने सम्भावना नरहेको उल्लेख गरेका छन्। साथै उनले बुधबार बिहानै आवश्यक औषधि/सामग्रीहरूसहितको स्वास्थ्यकर्मीको टोली पठाइएको पनि बताइएका छन्। उनले जारी गरेको विज्ञप्तिमा स्वास्थ्यकर्मीको टोलीले बुधबार साढे ११ बजेसम्म १५९ जना बिरामीको परीक्षण गरेको उल्लेख गरिएको छ।

    मन्त्रालयका अनुसार थप अध्ययन एवं प्रतिकार्य गर्न जलवीरे प्राथमिक स्वास्थ्य केन्द्रबाट डा. पिताम्बर खनालसहितको टोली गुम्बामा पुगिसकेको छ। साथै थप अनुसन्धान तथा बिरामीको नमुना संकलन गर्नका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र चौतारा अस्पतालबाट डा. स्वेता श्रेष्ठको नेतृत्वमा ल्याब टेक्निसियनसहितको चारजनाको टोली गुम्बा परिचालन गरिएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]