अर्थ

उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश कार्यालय सञ्‍चालनमा

फागुन १, २०७६

    काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ। उक्त कार्यालयको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बिहीबार उद्घाटन गरेकी हुन्।

    अध्यक्ष राणाले नेपाल संघीय संरचनामा गइसकेपछि सोहीअनुरूप सातै प्रदेशमा कार्यालयहरु सञ्‍चालनमा ल्याइएको बताइन्। उनले अबका दिनमा प्रदेश उद्योग वाणिज्य महासंघलाई थप सक्रिय बन्न सहयोग पुग्ने बताइन्। 

    भवन उद्घाटन कार्यक्रममा महासंघका कोषाध्यक्ष निरक केसी, कर्णाली प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष पदम शाहीलगायतका व्यवसायी उपस्थित रहेका थिए। यसअघि महासंघले प्रदेश १ को कार्यालय विराटनगरमा पनि सञ्चालनमा ल्याइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]