राजनीति

गृहमन्त्रीका सल्लाहकारमाथि सांसदको गम्भीर आरोप, भ्रष्टसँग 'सेटिङ' मिलाएको दाबी

महानन्यायाधीवक्ता र न्यायाधीशले पनि पैसा लिएको दाबी

फागुन १, २०७६

    काठमाडौं: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विजय सुब्बाले नेपाल रेडक्रस सोसाइटीमा देखिएको भ्रष्टाचार राजनीतिक दल र मन्त्रालयकै कर्मचारीहरुको सेटिङबाट छानबिन रोकिएको बताएका छन्।  

    गृहमन्त्री रामबहादुर थापा 'बादल' का सल्लाहकारमाथि पनि सांसद सुब्बाले गम्भीर आरोप लगाएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा सुब्बाले उक्त आरोप लगाएका हुन्। 

    सुब्बाले गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी 'पथिक' आफैँ भ्रष्टाचारीहरुसँग मिलेर 'सेटिङ' धन्दा चलाइरहेको दाबी गरे।

    'गृहमन्त्रीका राजनीतिक सल्लाकार 'सेटिङ'मा लागेर भ्रष्टहरुको पक्षमा काम गरिरहनु भएको छ', उनले भने, 'यो कुरा गृहमन्त्री आफैंले पनि बुझ्नुभएको छ।'

    गृहमन्त्रीलाई सल्लाह दिने व्यक्ति नै सेटिङमा भ्रष्टहरुको पक्षमा लाग्दा पनि सरकारले जोगाइरहेको उनले गुनासो गरे। 'उहाँ (गृहमन्त्री) लाई सल्लाह दिने सल्लाहकार आफैं त्यो सेटिङमा लागेर भ्रष्टहरुको पक्षमा काम गर्दा हामीले भनेकै हो', उनले भने, 'तपाईंका प्रमुख सल्लाहकारले तपाईलाई ‘मिस गाईड’ गर्दैछन् भनेर हामीले पहिले नै खबर गरेका हौँ।’

    उनले महान्याधीवक्ता र न्यायाधीशहरुले पनि पैसा खाएको अर्को आरोप लगाए। ‘बजारमा महान्यायधीवक्ता र न्यायाधीशहरुले  २५ लाख खाएको हल्ला छ', उनले भने, 'सबैले पैसा खाएका छन्।’ 

    सांसद सुब्बाले सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरुको मिलेमतोका कारण नेपाल रेडक्रस सोसाइटी धरासायी बन्दै गएको आरोप पनि लगाए। रेडक्रसमा देखिएको भ्रष्टाचार राजनीतिक दल र मन्त्रालयकै कर्मचारीको सेटिङका कारण छानबिन गर्न नसकिएको उनले बताए। 

    मुद्दा दर्ता भएको लामो समय हुँदासमेत सुनुवाई नभएकोप्रति उनले समितिमा गुनासो गरे। रेडक्रसका विषयमा सर्वोच्च अदालतका न्यायाधीश, सरकारी वकिल र नेताहरु नांगिँदापनि सुनुवाई हुन नसकेको उनले बताए। 

    समितिले निर्देशन दिए पनि नेपाल प्रहरी र गृहमन्त्रालयले कुनै प्रतिक्रिया नदिने गरेको उनले बताए। गृहमन्त्री, गृहसचिव र अनुसन्धान विभाग प्रमुखलाई बोलाएर तत्काल समितिमा छलफल गर्नुपर्ने उनले माग गरे। 

    समितिमा मुद्दा दर्ता भएको लामो समय हुँदा समेत सुनुवाई नभएकोमा उनले गुनासो गरे। रेडक्रसका विषयमा सर्वोच्च अदालतका न्यायाधी, सरकारी वकिल नेताहरु नाङ्ँगिदापनि सुनुवाई हुन नसकेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]