राजनीति

जनयुद्ध दिवस : स्थानीयले सम्झे १९ जनाको ज्यान जानेगरी भएको दुखद घटना

फागुन १, २०७६

    मनहरी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले तत्कालीन नेकपा माओवादीका १९ जना नेता कार्यकर्ताको हत्या भएको स्थल मनहरी गाउँपालिका २ भीमान पुगेर श्रद्धाञ्जली सभा गरेको छ।

    सभामा नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य तथा बागमती प्रदेशकी सांसद कुमारी मोक्तान, प्रदेश कमिटी सदस्य बागमती प्रदेशका सांसद ओमबहादुर ग्लान (प्रदीप), जिल्ला सचिव एबम् बागमती प्रदेशका सांसद प्रेमबहादुर पुलामी छिन्तु, संविधानसभा सदस्य राजाराम स्याङ्तान, नेकपाका नेता बद्रीप्रसाद लम्साल लगायतको सहभागिता रहेको थियो।

    यसरी भएको थियो घटना

    २०६० साल माघ २२ गते राति तत्कालीन विद्रोही माओवादीका कमाण्डर कृष्णबहादुर तिरुवा (मुक्ति), बासु लम्साल (विकास), बीरबहादुर थोकर, लक्ष्मी आपागाई, गीता विक, किरण बर्तौला, हिरा मुक्तान, राजकुमार घलान, सुकुमाया बल, तेजनारायण पाण्डे (राजु), हीरा सुवेदीलगायतका नेता कार्यकर्ताको तत्कालीन शाही नेपाली सेनाले गोली हानेर हत्या गरेको थियो।

    सेनाले हत्यापछि घरनजिकैको खोल्सामा जथाभावी रुपमा शवहरु फालिदिएका थिए। स्थानीय हिरालाल बलको घरमा बास बसेका माओवादीमाथि सेनाले आक्रमण गर्दा बलकी ८० वर्षीया महिलाको समेत निधन भएको थियो। नेकपा माओवादीको एरिया कमिटीको बैठक सकेर नेताहरू स्थानीय हीरालाल बलको घरमा सुतेका थिए।

    शहीदको बलिदानी : गणतन्त्र

    २५औँ जनयुद्ध दिवसको अबसरमा हिरालालको घरमा आयोजना भएको श्रद्धान्जली सभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सांसद कुमारी मोक्तानले शहीदको बलिदानीले नै गणतन्त्र प्राप्त भएको भन्दै उनीहरूलाई बिर्सन नहुने बताए।

    कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य तथा बागमती प्रदेश सभा सदस्य ओमबहादुर घलान (प्रदीप), संविधानसभा सदस्य राजाराम स्याङ्तान, नेकपाका नेता बद्री लम्साल, मनहरी २ नं वडाध्यक्ष बीरबहादुर घलान लगायतले श्रद्धान्जलि व्यक्त गरेका थिए।

    कार्यक्रममा नेकपाका सचिव तथा बागमती प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामी, प्रदेश सल्लाहकार रामहरि सुवेदी लगायतको सहभागिता रहेको थियो ।

    घटना सम्झेर अहिले पनि स्थानीयबासी झस्कन्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]