समाज : सुरक्षा/अपराध

विप्लव समूहका तीन विद्यार्थी नेता पक्राउ

फाइल फोटो
फागुन १, २०७६

    कञ्चनपुर : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल क्रान्तिकारीमा आवद्ध तीनतीन विद्यार्थी नेतालाई प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका-१८, कटानबाट बिहीबार पक्राउ गरेको छ।

    उनीहरूलाई सार्वजनिक शान्तिविरुद्धका क्रियाकलापमा सहभागी भएको अरोपमा प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ पौडेलका अनुसार पक्राउ पर्नेमा अखिल क्रान्तिकारी भेरी कर्णाली समन्वय समितिका संयोजक वीरेन्द्र लुहार, अखिल क्रान्तिकारीका कञ्चनपुर जिल्ला सदस्य भरत लुहार र अर्जुन लुहार रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]