समाज

निर्मला हत्या प्रकरण : न्यायिक आन्दोलनका घाइतेको धर्ना स्थगित

फागुन १, २०७६

    कञ्चनपुर : बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका-२ की १३ वर्षीया निर्मला पन्तको न्यायिक आन्दोलनका क्रममा भएका घाइतेहरूले उपचार खर्चको माग गर्दै थालेको धर्ना कार्यक्रम स्थगित भएको छ।

    एक महिना अघिदेखि जिल्ला प्रशासन कार्याललयको गेटअगाडि थालिएको धर्ना स्थगित गरिएको हो। प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले घाइतेहरूको उपचार खर्चको व्यवस्था गर्ने अश्वासन दिएपछि धर्ना कार्यक्रम स्थगित गरिएको अधिकारर्मी सारदा चन्दले बताइन।

    उनका अनुसार प्रमुख जिल्ला अधिकारी खतिवडालाई ज्ञापनपत्र बुझाई २० दिनका लागि धर्ना कार्यक्रम स्थगित गरिएको छ। आन्दोलनका क्रममा भएका घाइतेहरूको उपचारको व्यवस्था र जीविकोपार्जनका लागि व्यवस्था गर्ने अश्वासन दिइए पनि हालसम्म पूरा नहुँदा धर्नामा बस्नु परेको ज्ञापनपत्रमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]