समाज : सुरक्षा/अपराध

डेढलाख रकम असुल्ने नक्कली प्रहरी निरीक्षक पक्राउ

फागुन ७, २०७६

    भद्रपुर : नेपाल प्रहरीमा जागिर लगाइ दिन्छु भन्दै स्थानीय युवाबाट रकम असुल्ने एक जना नक्कली प्रहरी निरीक्षक पक्राउ परेका छन्। 

    पक्राउ पर्नेमा जिल्ला उदयपुर त्रियुगा नगरपालिका ३ भुल्के बस्ने २२ वर्षीय विजय वाग्ले रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। वाग्लेसँग गृह मन्त्रालय, नेपाल प्रहरीको परिचयपत्र फेला परेको छ। उनले परिचय पत्रको दर्जामा प्रहरी निरीक्षक लेखेका छन्। 

    वाग्लेले आफू नेपाल प्रहरीको प्रहरी निरीक्षक भन्दै जिल्ला सोलुखुम्बु नेचेसल्यान गाउँपालिका ३ बस्ने २० वर्षीय पुण्यप्रसाद कट्टेल र जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ बस्ने  १९ वर्षीय सफल आचार्यसँग डेढ लाख रकम असुल्दै  प्रहरीको असईमा जागिर लगाई दिन्छु भनेर ठगी गरेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।

    'नक्कली प्रहरी निरीक्षक बनेर वाग्ले स्थानीय युवाबाट रकम ठगी गरेको प्रहरीमा उजुरी परेको थियो' प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने, 'सोही उजुरीको आधारमा वाग्लेलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो।'

    यता पक्राउ परेका वाग्लेलाई झापा जिल्ला अदालतमा पेस गरी ठगी र सरकारी कागज किर्ते मुद्दा दर्ता गराई थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]