खेलकुद

चौँथौ दिदीबहिनी कप : तीन खेल सम्‍पन्‍न

फागुन ७, २०७६

    पर्वत : बुधबारबाट सुरु भएको चौँथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधबार ३ खेल सम्पन्न भएका छन्।

    पहिलो खेलमा होङवान्जी न्यू डायमण्ड एकेडेमी र आयोजक दिदीबहिनी एफएमबीच भएको खेलमा होङवान्जी न्यू डायमण्ड एकेडेमीले आयोजकलाई पराजित  गरेको छ। बेस्ट अफ थ्रिको आधारमा भएको खेलमा डायमण्डले २५-३, २५-२ र २५-६ को लगातार तीन सेटमा जित हात पारेको हो।

    यस्तै, दोस्रो खेल त्रिभुवन आर्मी क्लब र एपिएफबीच भएको खेलमा आर्मीलाई एपिएफले पराजित गरेको छ। खेलमा आर्मीले २५-२१ र २५-१५ को दुई सेट जित्यो भने एपिएफले २५-१७, २५-९ र १५-९ का तीन सेट आफ्नो पक्षमा पार्न सफल भयो।

    अन्तिम खेलमा नेपाल पुलिस क्लबले होङवान्जी न्यू डायमण्ड एकेडेमीलाई लगातार तीन सेटमा पराजित गर्न सफल भयो। पुलिसले २५-२२, २५-२१ र २५-१७ को सेटमा डायमण्डलाई पराजित गरेको हो। डामण्डकी सफल खेलाडी प्रतिभा माली घाइते भएर बेड रेस्टमा रहेका कारण डायमण्डको टोली माली बिना नै प्रतिस्पर्धामा उत्रिएको थियो।

    प्रतियोगितामा बिहीबार बिहान लिग चरणको अन्तिम खेल नेपाल पुलिस क्लब र आयोजक दिदीबहिनी एफएमको समूहका बीचमा हुनेछ। लगत्तै पहिलो सेमिफाइनलका दुई खेल हुनेछन्।

    प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार नगद प्राप्त गर्ने छन।

    महिलाको व्यवस्थापनमा मात्र संचालनमा रहेको रेडियो दिदीबहिनीको दशौं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको तेह्रौँ गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको अवसरमा राष्ट्रिय महिला भलिबलको आयोजना गरिएको हो।

    फागुन १ गतेबाट सुरू भएको महोत्सवको समापन फागुन ११ गते हुने रेडियोकी अध्यक्ष कल्पना चापागाईँले जानकारी दिइन।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]