समाज

आजदेखि सातै प्रदेशको साताव्यापी मौसमको पूर्वानुमान

फागुन ९, २०७६

    काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले आजदेखि एक हप्ताको मौसम पुर्वानुमान शुरु गरेको छ। 

    कृषकहरुलाई लक्षित गरी हरेक बिहिबार एक हप्ताको मौसम पुर्वानुमान शुरु गरिएको मौसमविद शान्ति कँडेलले जानकारी दिइन्। उनाँका अनुसार हरेक दिन बिहान ३ दिनको मौसमको पुर्वअनुमान यथावत राख्दै आजदेखि एक हप्ताको पुर्वअनुमान पनि शुरु गरिएको हो। महाशाखाले कृषकको हितको लागि भन्दै देशको संघिय संरचना अनुसार प्रदेशस्तरिय मौसमको जानकारी दिन थालेको छ। 

    यसअघि देशको पुर्वि, मध्य, पश्चिमी, सुदुरपश्चिम भुभागको आधारमा मौसमी अवस्थाको जानकारी र अनुमान गर्ने गरिएकोमा आजदेखि प्रदेश १, २ गरी सातै प्रदेशको भुभागलाई आधार मानेर मौसमी अवस्थाको जानकारी र अनुमान गर्न थालिएको महाशाखाले जनाएको छ । यसैबिच पश्चिमी वायुको प्रभावका कारण अहिले बिहान पश्चिमका केही स्थानहरुमा हल्का वर्षा भैरहेको छ। 

    देशका अन्य भेगको भने मौसम पुर्ण बदली रहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा र पुर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

    राति पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षा र उच्च पहाडी तथा हिमाली भुभागको केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। आज बिहान काठमाडौं उपत्यकाको न्यनतम तापक्रम १० डिग्री सेल्सियस मापन भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]