राजनीति

पोखरामा प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोज्‍ने चारजना पक्राउ

फाइल फोटो
फागुन १२, २०७६

    काठमाडौं : पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने चारजना विद्यार्थी नेताहरु पक्राउ परेका छन्। 

    पक्राउ पर्नेहरुमा समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिमल्सिना र प्रवास भट्टराई रहेका छन्। 

    निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन मागेको अडियो सुनेर पनि बेवास्ता गरेको आरोप उनीहरुले लगाएका छन्।

    त्यसैगरि यती कम्पनीलाई सरकारी जग्गा कौडीको भाउमा लिजमा दिएकोमा विरोधस्वरुप नाराबाजी गर्दै गरेका विद्यार्थी नेताहरुलाई पक्राउ गरिएको हो।  

    पक्राउ पर्नेमा समाजवादी विद्यार्थी युनियनका विद्यार्थी नेताहरु छन्। उनीहरुलाई पोखराको सभागृह नजिकैबाट पक्राउ गरिएको हो। उनीहरु त्यहाँ कालो झण्डा देखाउने तयारी गरिरहेको बेला पक्राउ गरिएको हो। 

    पक्राउ पर्नेमा , रेशम सापकोटालगायत रहेको प्रहरीले जनाएको छ।  ओली नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा आएका छन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]