समाज

ट्रकको ठक्करबाट ११ वर्षीय बालकको मृत्यु

फागुन १२, २०७६

    भक्तपुर : भक्तपुरको च्याम्हासिंहमा निशान ट्रकले ठक्कर दिँदा ११ वर्षीय बालकको मृत्यु भएको छ। च्याम्हासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा ३ क ३५८८ नं. को निशान ट्रकले पैदल हिँडिरहेका ११ वर्षीय तिलक माकजुलाई ठक्कर दिँदा उनको उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो। 

    ट्रकको ठक्करले गम्भीर घाइते भएका माकजुलाई उपचारका लागि तत्कालै जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरमा प्राथमिक उपचार गरी थप उपचारको लागि ललितपुरको ग्वार्कोस्थित बि.एण्ड बि. अस्पताल लगिएको थियो। उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरको सूचना अधिकृत प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए। 

    घटनामा संलग्न सवारी साधन र सवारी चालक जिल्ला रोल्पा रुम्तीगढी गाउँपालिका १ घर भई हाल सूर्यबिनायक १० भातेढिकुर बस्ने वर्ष २६ का सुरेश मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रनाउ गिरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]