समाज : सुरक्षा/अपराध

६० लाखभन्दा बढी अनियमितता देखिएपछि लघुवित्तकी कर्मचारी पक्राउ

फागुन १३, २०७६

    मनाङ : जिल्लाको चामे गाउँपालिकामा रहेको एनएमबी लघुबित्तकी कर्मचारी कल्पना गुरुङ बैंकिङ कसुरमा पक्राउ परेकी छिन्। कास्कीको हेम्जामा प्रमुख कार्यालय रहेको यस लघुबित्तको शाखा कार्यलय चामेमा दुई वर्षदेखि सहायक कनिष्ट पदमा कार्यरत कल्पना गुरुङ गत आइतबार पक्राउ परेकी हुन्।

    उनको नाममा ६० लाख ७० हजार रुपयँ अनियमितता देखिएपछि प्रमुख कार्यालयबाट उच्च अदलत कास्कीमा उजुरी परेको थियो।  उजुरीसँगै उनलाई पक्राउ गरी अवश्यक अनुसन्धान गर्न अदालतले  पत्र पठाएको हो।

    अदालतको आदेशअनुसार उनीलाई गत आइतबार उनकै निवासबाट सीमा प्रहरी चौकी धारापानीबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको थियो। पछिल्लो अनुसन्धानबाट उनले ४३ जनाको नाममा किर्ते तमसुक बनाई कर्जा निकालेको समेत खुल्न आएको जिल्ला प्रहरी कार्यालय चामे मनाङले जनाएको छ। 

    मनाङ नासों गाउँपालिका-४ निबासी कल्पना गुरुङलाई हाल थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चामे मनाङमा हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ। निजलाई बैंकिङ कसुरसँगै ठगी मुद्धासमेत लागेको उच्च अदालत कास्कीले जनाएको छ।   

नवीन लामिछाने

लामिछाने थाहा खबरका मनाङ समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]