खेलकुद

पाथिभरा म्याराथनको उपाधि सोलुखुम्बुका सुमनलाई

फागुन १३, २०७६

    ताप्लेजुङ : पाथिभरा म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलुङ राईले जितेका छन्। निर्धारित ५४ किलोमिटरको दूरी कुलुङले ४ घण्टा १३ मिनेट २७ सेकेण्डमा पार गरेका हुन्। पाँचथरका प्रताप थाम्सुहाङ दोस्रो भएका छन्।

    उनले निर्धारित दूरी ४ घण्टा १४ मिनेट ९ सेकेण्डमा पुरा गरे। यस्तै रुकुमका दिर्घराज बुढा तेस्रो भए। बिहान ७:५० बजेबाट सुरु भएको म्याराथनमा पुरुषतर्फ एक सय धावकले सहभागिता जनाएका थिए। म्याराथनका विजेताले नगद १ लाख ५१ हजार १११, द्धितीयले नगद १ लाख ११ हजार १११ र तृतिय हुनेले ५१ हजार १११ रुपैँया प्राप्त गरे।

    यता, महिला म्याराथनको उपाधि जुम्लाकी सुनमाया बुढाले जितेकी छन्। उनले निर्धारित ४५ किलोमिटरको दूरी ३ घण्टा ३८ मिनेट ५५ सेकेण्डमा पार गरिन्। त्रिभुवन आर्मीका सरिता बासी दोस्रो र धादिङकी रमिला तामाङ तेस्रो भएका छन्। महिला म्याराथनमा २४ जनाको सहभागिता रहेको थियो। बिजेताले नगद ८१ हजार १११ रुपैंया, द्धितिय हुनेले नगद ५१ हजार १११ रुपैंया र तृतिय हुनेले ३१ हजार १११ रुपैयाँ पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]